शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

एनआरएनए युएईले १९ औं वार्षिक साधारणसभा तथा ‘एनआरएनए तिज धमाका–२०२४’ अगस्ट १८ मा गर्दै

१९ औं वार्षिक साधारणसभाको सम्पुर्ण तयारी पूरा - अध्यक्ष शाही

बिहिबार, साउन ३१ २०८१

काठमाडौं(जस)–नेपाल एसोसिएसन (एनआरएनए) युएईको आयोजनामा आगामी आईतबार (अगष्ट १८ तारिख) दुबईमा आयोजना हुने ‘एनआरएनए तिज धमाका–२०२४’ को सम्पुर्ण तयारी पूरा भएको छ । नेपाल एसोसिएसनले १९ औं वार्षिक साधारणसभा संँगै राहत तथा उद्दार कोष सहयोगार्थ आयोजना गर्न लागेको वृहत् सांगीतिक कार्यक्रम (एनआरएनए तिज धमाका–२०२४) को तयारी पूरा भएको आयोजक नेपाल एसोसिएसन (एनआरएनए युएई) का अध्यक्ष विकास शाहीले जानकारी दिए । शाहीले १९ औं वार्षिक साधारणसभाको पनि तयारी पूरा भएको जनाउदै कार्यक्रममा उपस्थित हुन सबै नेपालीलाई आग्रह गरे । कार्यक्रम याक एन्ड यति एभरेस्ट क्लब वर दुबईमा हुने आयोजकले जनाएको छ ।

बरदुबईको याक एण्ड यति एभरेष्ट क्लबमा आयोजना हुने कार्यक्रममा चर्चित कलाकारहरु कुलेन्द्र बिश्वकर्मा,प्रिती आले, प्रकाश दुतराज, नारायणी खत्री सहित युएईमा क्रियाशिल नेपाली कलाकारहरुको प्रस्तुति रहने बताईएको छ । संस्थाको राहत तथा उद्दार कोषमा आर्थिक सहायता जुटाउने उद्देश्यले सांगीतिक कार्यक्रम राखिएको हँदा युएईमा रहने सबै नेपालीहरुलाई कार्यक्रममा उपस्थित भईदिन आयोजक नेपाल एसोसिएसन (एनआरएनए) युएईले आग्रह समेत गरेको छ ।

युएईमा समस्यामा परेका नेपालीहरुको सहयोग र उद्दारमा अग्रपंक्तिमा रहने नेपाल एसोसिएसन युएईमा आधिकारिकता प्राप्त गर्ने एकमात्र सक्रिय नेपाली सामुदायिक संस्था हो । यसले नेपाली दूतावास र स्थानीय प्रशासनसंगको समन्वयमा युएईमा समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ ।
नेपाली दिदीबहिनीको महान पर्व हरितालिकाको अवसरलाई समेत सदुपयोग गर्दै ’एनआरएनए तिज धमाका–२०२४’ आयोजना गरिएको अध्यक्ष शाहीको भनाई छ । उनले यो कार्यक्रममा युएईका सातै राज्यहरुबाट नेपालीहरुको उपस्थिति रहने जानकारी दिएका छ्न । बिहान १० बजेबाट दिउँसो २ बजेसम्म संस्थाको वार्षिक साधारणसभा सञ्चालन हुने र त्यसपछि सांगीतिक कार्यक्रम शुरु गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार