सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

ब्राजिल र अमेरिका पेरिस ओलम्पिक महिला फुटबलको फाइनलमा

बुधबार, साउन २३ २०८१

काठमाडौँ । जारी पेरिस ओलम्पिकको महिला फुटबलमा ब्राजिल र अमेरिका स्वर्ण पदकका लागि खेल्ने भएका छन् ।

गएराती सम्पन्न सेमिफाइनलका खेलमा ब्राजिलले स्पेनलाई ४-२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको छ ।

त्यस्तै अमेरिकाले जर्मनीलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

अब महिला फुटबलको फाइनल खेल अगस्त १० मा हुने छ । त्यस्तै काश्य पदकका लागि स्पेन र जर्मनी भिड्ने भएका छन् । यो खेल अगस्त ९ मा हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार