शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

एकैपटक २१ जना सचिव सरुवा (नामसहित)

सोमबार, साउन १४ २०८१

काठमाडौं । सरकारले अर्थमन्त्रालयका सचिवसहित २२ जना सचिवहरुको एकैपटक सरुवा गरेको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद बैठकले अर्थ सचिव,राजस्व सचिवसहित २१ जना सचिव सरुवा गरेको छ ।

अर्थसचिवमा रामप्रसाद घिमिरेलाई ल्याइएको छ । भने हालका अर्थसचिव मधुकमार मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य सचिव रहेका दिनेशकुमार घिमिरे अर्थमन्त्रालयको राजस्व सचिवमा सरुवा भएका छन् ।

हाल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिव रहेका घनश्याम उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अख्तियारमा सचिव रामेश्वर दंगाल रक्षा मन्त्रालय पुगेका छन ।

त्यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिव रहेका मुकुन्दप्रसाद निरौला श्रम मन्त्रालय, डिल्लीराम शर्मा राष्ट्रपतिको कार्यालयबाट लोकसेवा आयोग र लोकसेवा आयोगका सचिव राजकुमार श्रेष्ठको प्रधानमन्त्री कार्यालयमा सरूवा भएका छन् ।

सचिव सरुवा
1. अर्थ: रामप्रसाद घिमिरे
2. अख्तियार: घनश्याम उपाध्याय
3. राजश्व: दिनेश घिमिरे
4. रक्षा:रामेश्वर दंगाल
5. श्रम रोजगार तथा समाजिक सुरक्षा: मुकुन्द निरौला
6. लोकसेवाः डिल्लीराम शर्मा
7. सूचना तथा सञ्चारःराधिका अर्याल
8. उपराष्ट्रपति कार्यालय: मधुकमार मरासिनी
9. संघीय मामिला:भरत सुवेदी
10. वित्त आयोगःकिरण राज शर्मा
11. भौतिक पूर्वाधार: केशवकुमार शर्मा
12. ऊर्जा : गोपालप्रसाद सिग्देल
13. राष्ट्रपतिको कार्यालय: नारायण प्रसाद दुवाडी
14. प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय: राजकुमार श्रेष्ठ
15. वाणिज्यः मधुसुदन बुर्लाकोटी
16. सार्वजनिक खरिद: रामकृष्ण सुवेदी
17. नेपाल ट्रस्टः रामाधार शाह
18. खानेपानीः प्रमीला देवी बज्राचार्य
19. जल तथा ऊर्जा आयोगः सुरेश आचार्य
20. राष्ट्रिय तथ्याङ्क कार्यालयः गोकर्णमणि दुवाडी
21. भूमिः अर्जुनप्रसाद पोखरेल

प्रतिक्रिया
सम्बन्धित समाचार