आइतबार, साउन १३ २०८१
दोहा । कतार स्थित नेपाली समुदाय हरुको माझमा रहेर सामाजिक गतिविधि गर्दै आएको कास्की आदर्श समाजको २२ औ स्थापना दिवस तथा आदर्श सन्देश स्मारिका अंक २ को विमोचन गरेको छ । बैदेशिक रोजगार र मानव संसाधनको क्षेत्रमा मानविय व्यबहार हुन पर्ने र राज्यले सुन्दर देसका वासिन्दा लाई श्रमिक वनाएर श्रम निर्यायत गरी गरेर रेमिटेन्स भित्र्याउनु भन्दा देश भित्रै पर्यटन लगायत धेरै क्षेत्रमा रोजगारिको सिर्जना गरी युवा जमातलाई विदेशिनु बाट रोक्न सकेमा देशको बिकास हुन सक्दछ राज्यले यही निती लिनु पर्दछ । कास्की आदर्श समाज कतारले नेपाली समाजमा खेलेको भूमिका नाम जस्तै आदर्श भाव वाट प्रेरित छन । विमोचित पुस्तकमा कास्कीको सुन्दरता पर्यटक शहर पोखरालाई चिनाउन विमेचित पुस्तक महत्व रहेको छ । विस्वमा पोखराको सुन्दरताको चर्चा जती सुनिनिन्छ त्यती नेपाल सरकारले पोखराको पर्यटन बिकासमा ध्यान दिन सकेको भए कास्की वासी विदेशिन नपर्ने कार्यक्रममा वक्ता हरुले जोड दिएका थिए ।
कार्यक्रमको उद्घाटन कतार स्थित नेपाली दुतावासका प्रथमा सचिव, कुसल प्रसाशक कृष्ण सुबेदी (कृषु छेत्री) ले गर्नु भएको थियो । प्रमुख अतिथिको आसन वाट वोल्दै प्रथम सचिव सुवेदीले कास्की आदर्शले आज विमोचन गरेको स्मारिका संस्थाको एउटा दस्तावेज भएको र विमोचित पुस्तक मार्फत धेरै महत्वपूर्ण बिषयलाई स्मारिकामा समावेस गर्न सकेको मा धन्यवाद दिनु भयो । संस्थाका गतिविधी, कतारका अमिरको नेपाल भ्रमण, स्मारिकामा बिभिन्न्न भाषा भाषी लाई महत्वदिनु, संस्थाका संग आवद्द सद्स्य हरुका जेष्ठ नागरिक हरु जो यस लोक लाई छोडेर परलोक पुगी सक्नु भयो उनिहरुको साँझना गरिनु ले स्मारिकाको गरिमा वढाएको छ । त्यस्तै यसभित्र समावेस लेख हरुले स्वदेसमा प्रयास गरे केही गर्न सकिन्छ भन्ने प्रेरणा दिने खालको लेख हरु समावेस हुनु यसको रार्मो पक्ष हो । सामाजिक संघ सन्स्थाले सवैले सामाजिक भावले प्रेरित भाई काम गरे प्रभास होस् या स्वदेसमा भैपरी आउने समस्याको समाधान मा महत्वपूर्ण योग्दान हुन सक्दछ, कास्की आदर्शका बिभिन्न गतिविधी र लाई नजिक वाट निहाल्दा संस्थाले सामाजिक पारीवेसमा रहेर राम्रो काम गरेको छ भन्ने दुतावास र मेरो मुल्याङ्कन रहेको छ । २२ औं स्थापना दिवसको अबसरमा संस्थाको थप उत्तर उत्तर प्रगतिको कामना गर्दछु । महिले घुमेका ३७ वटा राष्ट्रमा पोखरा नचिन्ने कोही छैनन र पोखरा जस्तो प्राकृतिक सुन्दर शहर अर्को छैन त्यहाको पर्यटक को बिकास र विस्तारमा राज्यले थापा लगानी गर्न सके स्वदेस्मै रोजगारिको सिर्जना हुन सक्ने कुरा आउल्याउनु भयो ।
बिमोचन अवसरमा बोल्दै विमोचित पुस्तकका सल्लाकार एंव कास्की आदर्श समाजका संरक्षक विमल सुवेदीले पोखराको सुन्दरताको व्याख्या गर्दै विश्वमा कंही पनि नदेखिने सुर्यदय, सुर्य अस्त, हिमाल ताल्मा डुबुल्की मारेको मनोरम द्रिस्य पोखरामा देख्न पाहिन्छ भन्दै बिमोचित पुस्तकमा पोखराको सुन्दरता राष्ट्रिय झन्डा लाई एउटै पेजमा झल्काउन सकिएको छ यसलाई निहालेर हेर्नु हुन अनुरोध गर्दछु भन्दै यसमा समेटिएका विषय तथा छुटेका बिषयका सम्वन्धमा समिक्षक तथा वक्ता हरुले उठाउनु भएका विषयमा स्पस्ट पार्नु भएको थियो । प्राप्त सुझावका आधारमा आगामी अंकमा कम्जोरी न्युन गर्दै थप सुधार सुधार तर्फ ध्यान दिने बताउनु भयो ।
यस अगाडी पुस्तकको समिक्षा गर्दै कवी तथा साहित्यकार प्रेम प्रसाद भट्टराईले कास्की आदर्श समाजले प्रकाशनमा ल्याएको आदर्श स्मारिकाले धेरै कुरा समेटेको तर सुद्दासुद्दीमा ध्यान दिनु पर्ने कतारमा धेरै कम मात्रमा स्मारिका प्रकाशन हुन्छन त्यस्ता प्रकाशन हरुमा यो स्मारिका उत्क्स्ट छ भन्दै स्मारिकामा समावेस साहित्य लाई मिठो सैलिमा सटिक वाचन सहीत टिप्पणी गर्नु भएको थियो ।

कार्यक्रमका विषेस अतिथी संस्थापक सचिव हंस राज ढकालले स्मारिकामा धेरै कुरा समेटिएको भए पनि अजै थप गर्न सकिन्थ्यो भन्ने कुरा आउल्याउनु भयो । पुर्व अध्यक्ष एंव संस्थाका संरक्षक आस वहादुर गुरुङ्ले संस्थाले ल्याएको स्मारिका प्रकाशन बाट संस्थाका गतिविधी लाई दस्तासेजी गरेरे प्रसंसनिय कार्य गरेको तर्फ औल्याउनु भयो । संस्थाका पुर्व अधक्ष्य धुर्व राज अधिकारिले प्रकाशन कार्यको प्रसंसा गर्नु भयो ।
बिशेष अतिथिको रुपमा जनसंपर्क समिती कतारका कोषाध्यक्ष केदार शर्मा (चन्द्रकान्त), प्रवासी नेपाली मन्च का उपाध्यक्ष भिम तरामु मगर, कतार नेपाल एकात समाजका कोषाध्यक्ष चेतन वन्जाडे र अनतरास्ट्रिय नेपाली एकता समाज कतरका अध्यक्ष राजा राम शाही, महिला समाजकी अध्यक्ष माया केसी, नेपाल पत्रकार माहसंघ कतारका उपाध्यक्ष ढाकाराम पौडेल (अर्जुन), सामाजिक ब्यक्तित्व हरुको तर्फ बाट सामाजिक ब्यक्तित्व केदार भुसाल, मदेस प्रदेस सचिव तेजिलाल मन्डल, गण्डकी प्रदेश अध्यक्ष्य सागर पौडेल, जिल्ला संघ संस्थाको तर्फवाट मोना कतार काअध्यक्ष राजु पौडेल लगायत सवैले कास्कीको भन्दा सुन्दर पोखराको व्याख्य गर्दै बिमोचित पुस्तक उत्क्रिस्ट रहेको र संस्थाले दोहाको समाजमा निरन्तर अग्रणी रुपमा सकृय भूमिका खेलेको कुरालाई प्रसंसा गर्दै स्थापना दिएवसको शुभकामना ब्यक्त गर्नु भयो ।
विमोचित पुस्तक का सचिव रेसम बस्नेतले पुस्तक प्रकाशन मा भएको समस्या र गरेका गतिविधिको व्याख्या गर्नु भएको थियो भने सम्पादक मन प्रशाद रानाको अनुपास्थितिमा उहाको लिखित भनाइ संस्थाका सचिव कार्यक्रम सन्चाल्क बिष्णु तिमल्सिनाले पढेर सुनाउनु भएको थियो ।
कार्यक्रम मा सान्स्कृतिक तर्फ तमु गुरुङ समाज र तमु पेले सँघका कलाकार हरुले विभिन्न निर्त्य प्रस्तुत गर्नु भएको थियो भने फेवा सन्स्क्र्तिक प्ररिवारका तर्फ बाट पोखरा सेरोफेरो मा गाइने भाका लाई लाइभ म्युजिक मार्फत विभिन्न गीत हरु गाईएको थियो । यस कार्यमा रेसम बस्नेत, महेस तमाङ , सुनार लगयत्का बाद्यवाधक र गायक हरुले साथ दिनु भएको थियो ।

कार्यक्रमको अन्त्यमा सभापतिको तर्फ बाट सवै लाई धन्यवाद दिन्दै समाजका अध्यक्ष अग्निधर देवकोटाले संस्थाले गरेका तमाम सामाजिक एवं परोपकारी गतिबिधिहरु लिपिबद्ध गरि सबैका सामु ल्याउने र दस्तावेजका रुपमा आउने नयाँ पिंढी लाई पनि जानकारी गराउने उद्ध्यश्यले कास्की आदर्श समाज कतारले “ आदर्श संदेश-२ प्रकाशन गरेको हो | स्मारिका प्रकाशन गर्नका लागि सर- सल्लाह,सुझाब दिनुहुने, लेख रचना उपलब्ध गराई स्मारिकामा शुभकामना शन्देश दिएर स्मारिका आदर्श संदेश -२ लाई ओझिलो पारिदिने गण्डकी प्रदेश मुख्य मन्त्रि ज्यु , नेपालि राजदुतावास कतार, पोखरा महानगर पालिका प्रमुख ज्यु, अन्नपुर्ण, मादी, रुपा,माछापुच्छ्रे गाउपालिकाअध्यक्ष ज्युहरु,पोखरा उद्योग वाणिज्य संघ, गैर आबासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार, कास्की आदर्श समाज अन्तरास्ट्रिय समन्वय परिषद, नेपाल ,कास्की आदर्श समाज दुबई लाई हार्दिक धन्यबाद दिन चाहन्छु , त्यस्तै स्मारिकामा विज्ञापन शुभकामना उपलब्ध गराएर आर्थिक पाटोमा सहयोग गर्नुहुने पुर्ण पोखरिया ज्यु, फेमली ईन्टरप्राइजेज प्रा लि परिवारका, प्रोप्राइटर नबिन पौडेल ज्यु लगायात सम्पूर्ण विज्ञापन दाता हरुलाई धन्यबाद एवं यहाँ हरुको ब्यबसायिक सफलता को लागि शुभकामना पनि दिन चाहन्छु , स्मारिका प्रकाशनका लागि शुभकामना संदेश दिनुहुने तमाम सामाजिक, बैचारिक जातिगत संघ-संस्थाका प्रमुख ज्यूहरु, सामाजिक अभियन्ता ज्यूहरु, कास्की जिल्ला का बिदेश स्थित भगिनी संस्थाहरु, आश बहादुर गुरुङ ज्यु, केशु गुरुङ ज्यु ,केदार भण्डारी ज्यु लगाएत सम्पूर्णमा हार्दिक हार्दिक धन्यबाद एवं आभार प्रकट गर्न चाहन्छु | बिशेष प्रकासन समितिमा रहनु हुने मन प्रसाद रानामगर ज्यु, बिमल सुबेदी ज्यु, रेसम बस्नेत ज्यु र नबिन पौडेल ज्यु लगायात प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण सस्थाका अग्रज ज्युहरु,संस्थाका संरक्षक संयोजक ज्यु ,संरक्षक ज्युहरु,सल्लाहकार प्रमुख ज्यु, सल्लाहकार सदस्यज्युहरु, सस्थाका सस्थापक ज्युहरु, कार्यसमितिका सम्पुर्ण पदाधिकारी तथा सदस्यज्युहरु,प्रति पनि हार्दिक हार्दिक धन्यवाद सहित आभार ब्यक्त गर्दछु ।
साथै आजको यस कार्यक्रम भब्य र सभ्य रूपमा सफल पार्नको लागि अहोरात्र खट्नुहुने सम्पुर्ण साथिहरु साथै हाम्रो यस कार्यक्रममा सस्कृतिक प्रस्तुती दिएर मनोरञ्जन दिनुहुने सम्पूर्ण कलाकार ज्युहरु कलाकार उपलब्ध गराउनु हुने तमु पेलु संघका अध्यक्ष चन्द्र गुरुङ ज्यु , फेवा सांस्कृतिक परिवार, कार्यक्रम सफल पार्न आर्थिक, नैतिक, भौतिक सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाताहरु प्रति पनि हार्दिक आभार सहित धन्यवाद ब्यक्त गर्दछु । हाम्रो कार्यक्रममा सुरु देखि अन्तसम्म बसी ब्यस्त समयको बाबजुद पनि हाम्रो कार्यक्रममा उपस्थित भइ कार्यक्रमको शोभा बढाईदिनु भयकोमा आजको कार्यक्रमका प्रमुख अतिथि आदरणीय व्यक्तित्व कृष्ण कुमार सुबेदी ज्यु प्रति पनि हार्दिक हार्दिक आभार सहित धन्यबाद ब्यक्त गर्दछु । अन्तमा उपस्थित सम्पूर्ण बिशेष अतिथि/अतिथि ज्यूहरु लगायत उपस्थित सम्पूर्णमा कार्यक्रमको अन्त सम्म बसेर कार्यक्रमलाई सभ्य र भब्य रुपमा सफल पारिदिनु भएकोमा हार्दिक हार्दिक धन्यवाद सहित आभार ब्यक्त गर्दै कार्यक्रमको समापन भएको धोषणा गर्दछु र आगामी दिनहरुमा पनि यस्तै साथ् सहयोग हौसला र प्रेरणा पाईराख्ने अभिलाषाका साथ कार्यक्रम बाट बिदा चाहन्छु जय कास्की जय कास्की आदर्श जय नेपाल धन्यबाद ।
कार्यक्रम स्मारिका मा लेख, रचना तथा विज्ञापन दिने हरुलाई सम्मान गरिएको थियो भने प्रमुख अतिथी तथा समिक्षक लाई दोसल्ला तथा मायाको चिनोले सम्मान गरिएको कार्यक्रमको सहजिकरण संस्थाका सचिव बिष्णु प्रशाद तिमल्सिना र स्वागत मन्तब्य संस्थाका वारीस्ठ उपाध्यक्ष सुरज राना भाटले गर्नु भएको थियो । उद्घाटनको अवसरमा पानसमा वती वाली प्रमुख अतिथी र संस्थापक हरुवाट केक काटेर गरिएको कार्यक्रमका विशेस अतिथी अतिथी हरु दोहाका सामाजिक संघ संस्थाका अगुवा वचारिक सामाजिक व्यक्तित्व तथा जिल्ला संघ संस्थाका प्रतिनिधिको वाक्लो उपस्थिती रहेको थियो ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij