शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

युरोकपको नकआउट चरणको समीकरण पुरा

बिहिबार, असार १४ २०८१

काठमाडौँ । जारी युरोकपको नकआउट चरणको समीकरण पुरा भएको छ । २४ देशले भाग लिएको युरोकपमा ८ देश बाहिरिएका छन् भने १६ देश नक आउट चरणमा पुगेका छन् ।

जसमा हरेक समुहका समुह विजेता र उपविजेता गरि १२ देश नक आउटमा पुगेका छन् भने हरेक समुहका तेस्रो स्थानमा रहेका शिर्ष चार देश नक आउट चरणमा पुगेका छन् । जसमा समुह ए बाट जर्मनी विजेता र स्वीजरल्याण्ड उपविजेता बन्दै नक आउटमा पुगेका छन् भने हंगेरी र स्कटल्याण्ड समुह चरणबाटै बाहिरिएका छन् ।

त्यस्तै समुह बी बाट स्पेन समुह विजेता र इटाली उपविजेता हुदै नक आउटमा पुगेका छन् भने क्रोसिया र अल्बानिया बाहिरिएका छन् । त्यस्तै समुह सी बाट इङल्याण्ड विजेता र डेनमार्क उपविजेता हुदै नकआउटमा पुगेका छन् । त्यस्तै स्लोभेनिया तेस्रो स्थानमा रहेर नक आउटमा पुगेको छ । यस समुहबाट सर्बिया बाहिरिएको छ ।

त्यस्तै समुह डी बाट अस्ट्रिया विजेता र फ्रान्स उपविजेता हुदै नक आउटमा पुगेको छ । त्यस्तै नेदरल्याण्डस तेस्रो हुदै नक आउटमा पुगेको छ । त्यसैगरी समुह इ बाट रोमानिया विजेता र बेल्जियम उपविजेता हुदै नक आउटमा पुगेको छ भने स्लोभाकिया तेस्रो स्थानमा हुदै नक आउटमा पुगेको छ ।

त्यस्तै समुह एफ बाट पोर्चुगल विजेता र टर्की उपविजेता हुदै नक आउटमा पुगेको छ भने जर्जिया तेस्रो स्थानमा रहदै नक आउटमा पुगेको छ ।

अब नक आउट चरणमा स्पेन र जर्जिया खेल्ने छन् भने जर्मनीले डेनमार्कको सामना गर्ने छ । त्यस्तै पोर्चुगलले स्लोभेनियाको सामना गर्ने छ भने फ्रान्सले बेल्जियमको सामना गर्ने भएको छ ।

त्यसैगरी रोमानियाले नेदरल्याण्डसको सामना गर्ने छ भने अस्ट्रियाले टर्कीको सामना गर्ने छ । त्यस्तै इङल्याण्डले स्लोभाकियाको सामना गर्ने छ भने स्वीजरल्याण्डले इटालीको सामना गर्ने छ । नक आउट चरणका खेल जुन २९ देखि शुरु हुने छन् ।

पोर्चुगल जर्जियासँग स्तब्ध

पोर्चुगल जर्जियासँग स्तब्ध भएको छ । गएराती सम्पन्न जारी युरोकपको समुह चरणको अन्तिम खेलमा जर्जियाले पोर्चुगललाई २-० गोल अन्तरले पराजित गर्दै स्तब्ध बनाएको हो ।

जर्जियाको जितमा खभिचा भारतखेलिया र जर्जस मिकाउटाजेले एक एक गोल गरेका थिए ।

यो जितपछि समुह एफ मा जर्जिया तेस्रो स्थानमा रहदै नक आउट चरणमा पुगेको छ ।

त्यस्तै हारका बाबजुत पोर्चुगल समुहमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै समुह एफमा टर्कीले चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजति गरेको छ र समुहमा दोस्रो हुदै नक आउट चरणमा छनौट भएको छ ।

यस समुहबाट चेक रिपब्लिक बाहिरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार