सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

संसदका कर्मचारीको भत्ता बढाउने सहमति, आन्दोलन स्थगित

मंगलबार, असार १२ २०८१

काठमाडौं(जस)–भत्ता बढाउने सहमतिपछि आन्दोलनरत संघीय संसद सचिवालयका कर्मचारीको आन्दोलन स्थगित भएको छ । संघीय संसद सचिवालय कर्मचारी युनियन र सरकारका तर्फबाट सहजीकरण समितिबीच ११ बुँदे सहमति भएको हो । सहमति अनुसार संसद् सचिवालयका कर्मचारीको आवास, शैक्षिक भत्ता र खाजा खर्च बढ्ने भएको छ । ‘मुलुकको अर्थतन्त्रलाई मध्यनजर गरी राजपत्राङ्कित कर्मचारीहरूका लागि मासिक ३ हजार ५ सय र राजपत्र अनङ्कित कर्मचारीहरूका लागि मासिक ३ हजार रुपैयाँ साविकको आवास भत्तामा वृद्धि गर्ने’ सहमतिपत्रमा उल्लेख छ ।
सहमति बमोजिम कर्मचारीलाई प्रदान गरिँदै आएको शैक्षिक भत्तामा मासिक ३ सय रूपैयाँ बढ्नेछ । कार्यालयल समयभन्दा अगाडि वा पछाडि अतिरिक्त समयमा काम लगाए बापत कर्मचारीलाई खाजा खर्चमा दैनिक एक सय रूपैयाँले वृद्धि गर्ने सहमति भएको छ । यस्तो खाजा खर्च मासिक रुपमा उपलब्ध गराइने पनि उल्लेख गरिएको छ । २१ दिनदेखि संसद् सचिवालयमा कार्यरत कर्मचारी खाजा, आवासका साथै अतिरिक्त समयमा काम गरेको भत्ता पाउनुपर्ने माग राख्दै आन्दोलनमा थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार