सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बैदेशिक रोजगार उद्धार नेपालद्वारा प्रभु साहलाई सम्मान

मंगलबार, असार ५ २०८१

 काठमाडौँ । पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहलाई सम्मान गरिएको छ ।देशको राजधानी काठमाडौं स्थित मंगलवार एक समारोहका बीच बैदेशिक रोजगार उद्वार नेपाल नामक संस्थाले उनलाई सम्मान गरेको हो। संस्थाका अध्यक्ष इन्द्रलाल गोले, सचिव रिता परियारले संयुक्त रूपमा अध्यक्ष साहलाई खाँदा ओढाएर कदरपत्रबाट सम्मानित गरेका छन् ।

वैदेशिक रोजगार पीड़ितको पक्षमा आम जनता पार्टीले निरन्तर सड़क देखि सदनसम्म संघर्ष गरिरहेकोमा “वैदेशिक रोजगार उदार नेपाल” ले हामीलाई सम्मान गर्दै आगामी दिनमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको उनले जानकारी दिएका छन् ।

प्रभु साह नेतृत्वको आमजनता पार्टी निकट आईटी आर्मीले बैदेशिक रोजगार पीडितको हकमा बिभिन्न संघर्षको कार्यक्रम गर्दै आएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार