सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अवैध सुनसहित काठमाडौं विमानस्थलबाट चार जना पक्राउ (नामसहित)

आइतबार, जेष्ठ २७ २०८१

काठमाडौं । अवैध सुनसहित काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)बाट चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार दिउँसो दुईजना र राति दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा मोरङ केराबारी गाउँपालिका–९ बस्ने ३१ वर्षीय सरोज कोईराला र रौतहट कटहरिया नगरपालिका–६ बस्ने २४ वर्षीय मोहम्मद इन्तेयाज आलम रहेका छन् ।

उनीहरूलाई भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब २५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुको सिक्री १ थान र करिब ६९ ग्राम ९९ मिलिग्राम सुन जस्तो देखिने पहेँलो धातुको काँचो डल्लोसहित शनिबार राति प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कतार एयर उडानद्वारा नेपाल आएका कोईरालाले भन्सार छली ल्याएको उक्त धातु आलमलाई दिने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ५० ग्राम सुन जस्तो देखिने पहेँलो धातुको सिक्री एक थानसहित दुई जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार