धौलागिरी एडभन्चेरको पहलमा अस्ट्रेलियाको मेलबर्न ७१औ अन्तर्राष्ट्रिय सगरमाथा महोत्सव भब्यताका साथ सम्पन्न भएको छ।पहिलो मानव पाइला टेकेको सम्झनालाई सन्देश दिन र नेपालको पर्यटन प्रबर्द्धन गर्ने ध्येयका साथ आयोजित कार्यक्रमलाई हिमालय आउट्रीच अन्तर्राष्ट्रिय अस्ट्रेलियाको सहकार्यमा आज एक समारोहका माझ मेलबर्न स्थित आस्केट भेलमा सगरमाथा दिबस महोत्सव आयोजना गरिएको छ।गैरआबसिय नेपाली संघका प्रतिनिधिहरु,अस्ट्रेलियन ,अमेरिकन एब अफ्रिकन आगन्तुकहरु बाग्लो उपस्थिति रहेको थियो।
सोही कार्यक्रममा अस्ट्रेलियाका संघिय साम्सद पिटर कलीले आफ्नो मन्तब्यका क्रममा नेपालसग अस्ट्रेलिया निकटम भाइचाराको सम्बन्ध रहेको प्रकाश पार्नु भएको थियो।उहाले कुटनैतिक क्षेत्रमा उल्लेख सम्बन्ध रहेको बताएका छ्न। मन्तव्यकै क्रममा पिटरले आफू नेपाल भ्रमण गरिसकेको र सगरमाथाको चर्चा समेत गर्दै आगामी दिनमा नेपाल भ्रमण गर्न रुचाएको बताए।कार्यक्रममा मेरिबेकी नगरका उपमेयर ल्याम्बरस तापनिजले नेपालीहरु आफ्ना नगरभित्र उल्लेख्य संख्यामा बसोबास गरिराखेकोले नेपालीको सस्कृती प्रती अगाध माया र सदभाव रहेको बताए।निकट भबिष्यमा नेपालको नगरपालिका सग भगिनी शहर बनाउने तयारी रहेको समेत ल्याम्बरसले बताए।
धौलागिरी एडभेन्चरका निर्देशक डिएन घिसिङले नेपालको पर्यावरण र सस्कृती बारे चर्चा गर्नुका साथै नेपाल भ्रमण गर्न आग्रह समेत गरेका थिए। सोही कार्यक्रममा आयोजक सदस्य जिम लिमार्डले नेपाल भ्रमणमा देखिएका आकर्षक स्थान बारे चर्चा गरेका थिए। उक्त कार्यक्रममा अस्ट्रेलियामा क्रियाशिल सस्था फिन्काका अध्यक्ष बम योन्जनले मन्तव्य व्यक्त गर्नु भएको थियो। कार्यक्रममा डा.राजु अधिकारले उच्च हिमाल र सगरमाथाको जलबायु परिबर्तन बारे समिक्षा प्रस्तुत गरेका थिए।
कार्यक्रममा एनआरएनका उपाध्यक्ष मनि रतन सापकोटा,पुर्ब अध्यक्ष केशब कंडेल,सामाजिक सक्रिय राम कुमार श्रेष्ठ,बिनित शर्मा लगाएत सामाजिक क्रियाशिल ब्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा नेपालको डकुमेन्ट्री ,फोटो प्रदर्सनी एब सास्कृतीक कार्यक्रम समेत प्रस्तुत गरेका थिए।कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने दाताहरुलाई सभापति थोमस केप्लरले प्रसम्सा पत्र हस्तान्तरण गरेका थिए।कार्यक्रमलाई डोमा लामाले संचालन गरेका थिए।हिमालय आउट्रीच ईन्टरनेशनलकि अध्यक्ष उर्मिला लामाले सहभागी सबैलाई धन्यवाद ब्यक्त कार्यक्रम सम्पन्न गरिएको थियो।