सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

माधव भण्डारीको स्वरमा ‘हाँस परान’ सार्वजनिक (भिडियोसहित)

बुधबार, जेष्ठ ९ २०८१

काठमाडौं । माधव भण्डारीको नयाँ गीत ‘हाँस परान’ सार्वजनिक भएको छ । भण्डारीकै शब्द, संगीत, एरेञ्ज र डिका गुरुङको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । स्वरमा रेजिना परियारले भण्डारीलाई स्वरमा साथ दिनुभएको छ ।

मिलन श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोमा हीराकाजी सेञ्चुरी, प्रकाश सोनी, गीता केसी, काजल गोतामेलगायतको अभिनय रहेको छ । बिशाल गोङ्बाको सिनेमेटोग्राफी र ड्रोन रहेको भिडियोमा रोशन धितालको सम्पादन छ । गीतको भिडियो माधव भण्डारी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार