सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको चुनाव नजिकिदै, विभिन्न पदहरुमा उमेद्वारीको घोषणा हुने क्रम तिब्र

शनिबार, जेष्ठ ५ २०८१

बिशेष प्रतिनिधि,संयुक्त राज्य अमेरिका

न्युयोर्क / अनेसासमा अध्यक्ष पदको लागि बर्तमान महासचिव बिमला निरौला,पुर्व सचिव लाल गोपाल सुबेदी र बरिष्ठ उपाध्यक्ष सर्बज्ञ वाग्लेले आफ्नो उमेद्वार घोषणा गरि सकेको बताउनु भएको छ।सबैले आफ्ना भावी एजेन्डा सहित उमेद्वारी घोषणा गरिसके,तपाइँ किन आफ्नो एजेन्डा सार्वजनिक गर्न ढिला ? भन्ने प्रश्नमा सर्बज्ञ वाग्लेले यसो भन्नु भयो,’यो संगठन एक प्राज्ञिक तिर्थस्थल जस्तै हो। यसभित्र मर्यादाक्रमको क्रम्बद्धतालाई सम्मान गरिनु पर्ने हो जस्तो लाग्छ। म हालसम्म बरिष्ठ उपाध्यक्ष रहेकोले मेरो जाने ठाउँ नै अध्यक्ष भन्दा अनेत्र कहाँ छ र ? त्यसैले ढिलो नगरी अध्यक्षमा उमेद्वारी घोषणा गरेको हुँ।’
त्यस्तै बरिष्ठ उपाध्यक्षमा न्युयोर्क बासिन्दा बर्तमान उपाध्यक्ष राजेन्द्र श्रेष्ठले तयारि गरिरहेको जानकारी दिनुभयो। ‘उछल्कुद गरेर जानु भन्दा लयमा जाँदा मर्यादा पनि कायम रहन्छ भने काम गर्न सहज हुन्छ। नेपालको कपि पेष्ट राजनीतिका झिल्काले एनआरएनए सखाव भयो सर। त्यसैले हाम्रो संगठनमा कुनै पनि साथीले राजनीतिक रुपले गुठ उपगुठ बनाएर चुनावमा जानु हुँदैन भन्ने लाग्छ। सानो फोहरको टुक्राले पनि सिंगो तलाउको कन्चन पानि मैला गर्छ,सबै साथीहरु त्यसमा चनाखो हुनु पर्छ।’ फोन सम्बादमा श्रेष्ठले आफ्नो भनाई यसरि राख्नु भयो।
अमेरिका क्षेत्रबाट महेश्वर पन्तको हल्ला चलिरहेको भन्ने जिज्ञासामा पन्तले ‘यो पटक म अध्यक्षको सहायक भएर काम गर्ने इच्छा छ,म सम्पूर्ण आजीवन सदस्य तथा अग्रजहरुको सल्लाहको पर्खाइमा छु,उपाध्यक्षमा आफ्नो उमेद्वारी घोषणा हुन्छ’ भनेर जवाफ दिनु भयो। त्यस्तै अमेरिकाबाट उपाध्यक्षमा अर्का उमेद्वार सुदिपभद्र खनालले पनि आफ्नो उमेद्वारी घोषणा गर्नु भएको छ भने महासचिव पदको लागि राजु सिटौलाले आफ्नो दावी रहेको जनाउनु भएको छ।
त्यस्तै युरोपबाट पत्रकार तथा अनेसास बेल्जियम शाखाका निबर्तमान अध्यक्ष डिल्ली अम्माईले पनि क्षेत्रीय प्रतिनिधित्व गरेर उपाध्यक्षमा जाने सोच रहेको बताउनु भएको छ।
अम्माईले सल्लाह सल्लाह हुँदै गरेको भन्दै ‘बेलायत लगायत युरोपका सबै च्याप्टर र त्यस अन्तरगतका अधिकतम अग्रजहरु प्रस्तावक तथा समर्थक भएमा आँफुलाई काम गर्न सहज हुने र केन्द्रमा सल्लाहमै जाने’ आफ्नो सोच रहेको बताउनु भयो। ‘युरोपका च्याप्टरहरुको सन्दर्भमा,हाम्रो कार्यशैलीमा अलिक परिबर्तन गर्नु पर्ने छ,साहित्यलाई भाषा र संस्कृतिसंग जोडेर नेपाली मुल्यको प्रवाहलाई एकीकृत गर्नु पर्ने छ,संगठनको बिस्तारलाई बिबेक पुर्याएर बिस्तार गर्नु पर्ने छ। त्यसको लागि मैले यो पटक केन्द्रको उपाध्यक्षमा जाउँ कि भन्ने सोच बनाएको हुँ,’उहाँले आफ्नो दृष्टिकोण यसरि प्रष्ट्याउनु भयो।
‘सचिवमा जाउँ कि भनेर सोचेको छु,अग्रजहरुसंग छलफलमा छु,’ भर्खरै मात्र अनेसासको अन्तराष्ट्रिय सम्मेलन सफलतापुर्वक सम्पन्न गरेको पोर्तुगल साखाका महासचिव एनबि अन्जानले आफ्नो उमेद्वारीबारे यत्ति मात्र भन्नु भयो।
अफ्रिका,एसिया र अष्ट्रेलिया क्षेत्रबाट भने अझैसम्म आधिकारिक रुपले उमेद्वारी घोषणा भै नसकेको जानकारी प्राप्त भएको छ। अनेसास नेपाली समुदायको अत्यान्त प्राग्ज्ञिक संगठन भएकोले कमसेकम राजनैतिक रुपले प्यानल बनाउने र गुट उपगुट बनाएर चुनावमा आउन नहुने धेरैको सुझाव रहेको देखियो। ‘अध्यक्षमा अझै उमेद्वारी पर्न पनि सक्छ ,उमेद्वारहरु घोषणा हुने क्रम चली रहेकोले कति जनाको कहाँ कहाँ उमेद्वारी पर्छ भन्न सकिने अबस्था नरहेको’ नाम नबताउने शर्तमा एक पुर्व अध्यक्षले सम्बाददातालाई बताउनु भएको छ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले सन् २०२४- २०२६ कार्यकालको लागि केन्द्रीय कार्यसमितिले निर्वाचनको तयारी सुरू गरेको छ । केहि समय अगाडी अनेसासका केन्द्रिय अध्यक्ष गोवर्ध्दन पूजाको सभापतित्वमा बसेको बैठकले पत्रकार तथा साहित्यकार गुणराज लुइटेलको संयोजकत्वमा निर्वाचन समिति पनि गठन गरेको छ ।
समितिमा डा. चूडामणि खनाल र डा. कविता घिमिरे रहेका छन । प्रत्येक दुई-दुई वर्षमा हुने निर्वाचनले यसपटक १७ औँ अध्यक्ष सहित कार्यसमितिलाई निर्वाचित गर्ने छ । विश्वमा पाँचवटा महादेशमा फैलिएको अनेसासका २४ सय जति आजीवन सदस्यहरु रहेका छन् । यसरी विश्वभर यति ठूलो सञ्जाल भएको यो एकमात्र पुरानो र सक्रिय साहित्यिक संस्था हो ।
भानुजयन्तीको सन्दर्भ पारेर नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिने कार्ययोजना सहित निर्वाचन गरिने अध्यक्ष गोवर्ध्दन पूजाद्वारा जारि गरिएको सुचनामा उल्लेख छ ।
स्मरण रहोस,यसपटकको निर्वाचनले एक-एकजना अध्यक्ष र वरिष्ठ उपाध्यक्षसहित प्रत्येक महादेशबाट १-१ जना उपाध्यक्ष गरि पाँचजना उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र ५ जना सदस्य निर्वाचित गर्नेछ । १७ जनाको कार्यसमिति पूरा गर्न दुई जना सदस्य मनोनित गर्नेछ ।

अध्यक्ष पदका दावेदारहरु तस्विरहरु क्रमश १- ब.उपाध्यक्ष सर्वज्ञ वाग्ले(घोषणा पत्र आउंदै),२ -महासचिव बिमला निरौला ३-लाल गोपाल सुबेदी,४-उहाँको घोषणा पत्र

प्रतिक्रिया
सम्बन्धित समाचार