बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

व्यवसायी उत्तम गुरुङद्वारा कतारमा भिआईपी लाउन्ज संचालन

लाउन्जको एनआरएनए अध्यक्ष भट्ट,गायिका मिलन र गायक रेउले द्वारा उदघाटन

आइतबार, माघ ७ २०८०

दोहा, कतारमा बसेर विभिन्न ब्यावसाय गर्दै सामाजिक कार्यमा पनि निरन्तरता दिएका एनआरएनए कतारका पुर्व बरिस्ठ उपाध्यक्ष एबं युवा व्यवसायी उत्तम गुरुङले कतारको मुग्लीनामा रहेको भिआईपी होटलमा ‘भिआईपी लाउन्ज’ एन्ड बार संचालनमा ल्याएका छन । केही दिन पहिले मात्र अर्को नाइट क्लबको शुरुवाती गरेका गुरुङले ‘भिआईपी लाउन्ज’को शुक्रबार एक कार्यक्रमको साथ उदघाटन गरेका हुन ।
चर्चित गायिका मिलन नेवार, चर्चित गायक कृष्ण रेउले र एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्टले संयुक्तरूपमा रिबन र केक काटेर उक्त लाउन्जको समुदघाटन गरेका छन । समुदघाटन पश्चात बोल्दै गायिका नेवारले गुरुङलाई बधाई दिँदै लाउन्जको शाखा दर्जनौ ठाउँमा फैलाउनको लागी शुभकामना ब्यक्त गरिन । गायक रेउलेले कतारमा पनि नेपाली व्यवसायीहरू बढ्दा देशको अर्थतन्त्रमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै खुशी ब्यक्त गरे ।
कार्यक्रमको उदघाटन गर्दै एनआरएनए अध्यक्ष एबं नेपाली ब्यावसायी संघ कतारका महासचिव रमेश भट्टले संचालक गुरुङलाई बधाई दिँदै लाउन्जको सफलताको शुभकामना ब्यक्त गरे । उनले एनआरएनए र नेपाली ब्यावसायी संघ कतार नेपाली ब्यावसायीहरुलाई सक्दो सहयोग गर्न तत्पर रहेको बताए ।
उक्त कार्यक्रममा कतारमा रहेका विभिन्न संघ सँस्थाका प्रतिनिधी लगाएत उल्लेख्य नेपालीहरुको उपस्थिति रहेको थियो ।
२४ सै घण्टा सेवा उपलब्ध गराउने लक्ष्यसहित समुदघाटन गरिएको लाउन्जमा चिया, कफी, हुक्का, विभिन्न देशका खानाका परिकारसहित पेय पर्दाथहरु उपलब्ध रहने संचालक गुरुङले बताए । भिआइपी होटलको ग्राउण्ड फ्लोरमा रहेको लाउन्जमा चौबिसै घन्टा आफूहरू सेवामा तयार रहने सञ्चालक गुरुङले जनाउदै उक्त लाउन्ज आफ्नो मात्रै नभई कतारमा रहेका सबै नेपालीको भएकाले यसलाई माया गर्न आग्रह गरे ।
मध्यपुर्वको कतार अहिले नेपाली ब्याबसायीहरुको हव नै बनेको छ । यहाँ रहेका नेपाली ब्यावसायीहरुले बिभिन्न क्षेत्रहरु कन्ट्रसन,रेस्टुरेन्ट,मेडिकल,क्लव,लाउन्ज,बार लगाएतका क्षेत्रमा ठुलो लगानी गरिरहेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार