बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

प्रबासी नेपाली एकता मंच कतारको अध्यक्षमा मुक्तदा सर्वसम्मत

शनिबार, पुष २८ २०८०

कतार । नेकपा एकिकृत समाजवादी पार्टीको भातृ संगठन प्रबासी नेपाली एकता मंच राष्ट्रिय कमिटी कतारको छैठौं राष्ट्रिय अधिबेसनले मोहम्मद मुक्तदा मुसलमानको अध्यक्षतामा नया कार्यसमिती चयन गरेको छ । मंचको उपाध्यक्षमा नन्द ढुंगाना र रामकुमारी तामाङ (रमी),सचिवमा रुक ब. रानाभाट, उपसचिवहरुमा दिनेश कटुवाल, सुरज बुढाथोकी र सपना महर्जन सहित ४१ सदस्यीय कमिटी सर्बसम्मत निर्बाचित भएका छन ।
साथै अनुशासन कमिटीको अध्यक्षमा भाइकाजी गुरुङ, निर्वाचन कमिटी अध्यक्षमा रामसागर मेहता र सचीवमा इ. शेष तबरेज आलम , लेखा कमिटिका अध्यक्षमा अमीत लम्साल चयन भएका छन ।

उक्त अधिवेसनका लागी नेकपा एकिकृत समाजवादी पार्टीका बरिस्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पान्डे,सचिव रामकुमारी झाक्री र बिदेश बिभाग इन्चार्ज श्रीप्रसाद शाह कतार आएका छन । कतार आएका पार्टीका नेतृत्वले मुक्तदाको अध्यतामा रहेको कार्यसमितीलाई शुभकामना ब्यक्त गरे । उक्त कार्यक्रममा कतारमा रहेका धेरै संघ सँस्थाहरुको उपस्थिति रहेको थियो ।

नवनिर्वाचित राष्ट्रिय कमिटीको प्रथम बैठक द्वारा सल्लाहकार परिषद गठन गरेको छ । जस्मा अध्यक्ष गणेश प्र. ढकाल,उपाध्यक्ष खगराज अधिकारी, सचीवमा मिनराज वाग्ले र सदस्यहरुमा अब्दुल बासिद,थम कुमार गिरी, नारायण प्रसाद ढुंगाना,पदम गिरी, संतोष रेग्मी, बिनोद प्रसाद , राजिक शेख, सानोबर जहाँ र अर्सद हुसेन सहित १२ सदस्यीय सल्लाहकार समिती रहेको छ ।
आफुलाई अध्यक्षमा सर्वसम्मत बनाउनुभएकोमा उनले पार्टी नेतृत्व,कतारमा रहेका पार्टीका पदाधिकारीहरु र निबर्तमान कमिटिका अध्यक्ष रामहरि गैरे, काबा अध्यक्ष गणेश ढकाललगाएतलाई मुक्तदाले धन्यवाद ब्यक्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार