बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

एनआरएनए मध्यपुर्व डिआरसीमा पुर्णबहादुर पोखरियाको उम्मेदवारी घोषणा

बिहिबार, असोज १८ २०८०

कतार,गैरआवासीय नेपाली संघ (एनआरएनए)को मध्यपुर्व उपसंयोजकमा पुर्णबहादुर पोखरियाले उम्मेदवारी दिने घोषणा गरेका छन ।
कतारलाई कर्मभूमि बनाएका उनले एनआरएनएको ११औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा (२०२३–०२५) कार्यकालको लागि मध्यपुर्व उपसंयोजकमा उम्मेदवारी दिने घोषणा गरेका हुन ।
सन २००५ मा कतार प्रवेश गरेर निरन्तर नेपाल र नेपालीहरुको हितमा आफूलाई समर्पित गरिरहेका पोखरियाले मध्यपुर्वमा हुने हरेक सामाजिक अभियानहरुमा आफ्नो सहभागिता रहेको र भविष्यमा पनि निरन्तर रहने बताएका छन ।
‘एनआरएनएको राष्ट्रिय र अन्तर्राष्ट्रिय समितिहरुमा बसेर काम गरेको अनुभवहरुलाई मध्यपुर्वको हकहितमा म हैन हामी बनेर समर्पित गर्न चाहन्छु ।मध्यपुर्वको सबै देशहरुलाई समान आँखाहरुले प्रेम र सद्धभाव गर्नेछु । हामी बसेको देश रेमिट्यान्सको मुहान हो । श्रमिकहरुको देश हो । श्रमिक र श्रमलाई प्रेमिल आँखाहरुले सम्मान गर्ने हैसियतमा पुर्‍याउने छौं । हामी सामूहिक योजना र कार्यमा विश्वास राख्नेछौँ पोखरियाले भने । मेरो उम्मेदवारीलाई मध्यपूर्वमा रहेका सबै नेपालीहरुलाई समर्थन गर्न पोखरियाले अनुरोध गरे । मध्यपुर्वका नेपालीहरुको आवाज, समस्या र प्रगति हाम्रो हुनेछन । आफु सम्पुर्ण रुपले मध्यपुर्वमा रहेका नेपालीहरुको सहयात्री भएर यात्रा गर्नेछु । यो यात्रालाई सफल बनाउनको लागि मध्यपुर्वका नेपालीहरुको अमूल्य मत र सहयोगको अपेक्षा राख्दै मेरो जीतलाई हाम्रो जीत बनाउन पोखरियाले अनुरोध गरेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार