काठमाडौँ । मलेसियामा गौरा पर्वको अबसरमा आयोजित विषेश सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । सुदुरपश्चिमेली नेपाली समाज मलेसियाको आयोजनामा कोरोना महामारीपछि पहिलो भव्य सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो ।
सुदुरपश्चिमेली नेपाली समाज मलेसियाका अध्यक्ष दिनेश खड्का’खप्तडि’को सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली राजदूतावास मलेसियाका निमित कार्यबाहक राजदूत प्रथम सचिव बलिराम प्रसाद धामि प्रमुख अतिथी रहनुभएको थियो ।
यस्तै विशिष्ट अतिथि नेपाली राजदूतावास मलेसियाका दृतिय सचिव एव प्रशासनिक अधिकृत प्रेमबहादुर बुढाथापा , नेपाली राजदूतावास मलेसियाका लेखा अधिकृत निर्मला केसि ,गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सह–कोषाध्यक्ष यज्ञ राज सुबेदी ,एनआरएनए प्यासिफिक क्षेत्रीय उपसंयोजक हरि भट्टराई , गैर आवासीय नेपाली संघ मलेसियाका अध्यक्ष बिनोद थापा , गैर आवासीय नेपाली संघ मलेसियाका प्रथम उपाध्यक्ष राकेश महतो , प्रवासी नेपाली मंच मलेसियाका अध्यक्ष दयाराम कुमाल , जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पगेनि , एनआरएनए आईसीसी सदस्यसेर बहादुर गुरुङ (मलेसिया ) एनआरएनए आइसिसी सदस्य बिमल सुबेदी (कोरिया),सुदूरपश्चिमेली नेपाली समाज अन्तराष्ट्रिय समितिका कोषाध्यक्ष एव एनआरएनए थाईल्याण्डका सचिव राज बहादुर साउँद, हिमालय एकडेमि मलेसियाका संयोजक सन्तोष भट्ट रहनुभएको थियो ।
यस्तै अतिथीहरुमा बैदेशिक रोजगार बिभाग मलेसियाका संयोजक कमल गौतम , बारा अनलाईन खबरका प्रकाशक कृष्ण गुप्ता , हिरो नेपाल खबर टिभिका प्रकाशक मनोज डिसी ,रास्वपा मलेसियाका उप संयोजक मिलन शाहि ,किरात याक्थुङ चुम्लुङका अध्यक्ष दिल केरुङ , हिमाल रेमिट मलेसियाका प्रतिनिधि प्रदिप आर्चाय , एनएमबि बैंक मलेसियाका प्रमुख मुकेश गुरागाईं , भोजपुर समाजका अध्यक्ष खेमराज खत्री , किरात राई यायोक्खाका अध्यक्ष तेजकुमार राई , एनआरएनए जोहोरबारुका संरक्षक हरि बहादुर बस्नेत,मना समाज मलेसियाका महासचिव केश रोका, नेपाल आदिवासि जनजाति महासंघ मलेसियाका बरिष्ठ उपाध्यक्ष पदमराज लिम्बु , कलाकार संयोजक डेभिट घिमिरे ( देवराज) थारु कल्याणकारिणी सभा मलेसियाकि उपाध्यक्ष राधा राना चौधरी, एनआरएनए मलेसियाका उपाध्यक्ष हेमराज सापकोटा, जनसम्पर्क समिति मलेसियाका सह-कोषाध्यक्ष लाल बहादुर खड्का, सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका पूर्व सल्लाहकार चक्र मल्ल लगायत मलेसियामा क्रियासिल बिभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।महासचिव शिव बहादुर ऐरले स्वागत मन्तव्य राख्नुभएको थियो।
सुदूरपश्चिमको कला साहित्य र संस्कृतिको जगेर्ना साथै पर्यटकीय धार्मिक स्थलहरुको संरक्षण, सम्वर्द्धन तथा प्रचारप्रसार मा टेवा पुर्याउने उदेश्यले आयोजना गरिएको गौरा पर्व तथा सांस्कृतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सफल भएको सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका अध्यक्ष दिनेश खड्का’खप्तडि’ले जानकारी दिए ।उनले यस पटक कार्यक्रम सोचे भन्दा बढी राम्रो र सफल भएकोमा खुसी व्यक्त गरेका छन् ।
सुदूरपश्चिमको मौलिक चाड गौरालाई प्रदेशमा भएपनि एक आपसमा हातेमालो गर्दै रमाइलोका साथ मनाउनुपर्छ भनेर नेपाली राजदूतावास मलेसियाका प्रथम सचिवको प्रमुख अतिथ्यतामा सम्पन्न गरिएको उनले बताए ।
समाजले गरेको निमन्त्रणालाई स्विकार गर्दै कार्यक्रममा सहभागी भएका नेपाली राजदूतावास मलेसियाको सम्पुर्ण परिवार, व्यावसायी, पत्रकार र बिभिन्न संघ–संस्थाका प्रतिनिधिहरू एवम् पदाधिकारीहरु हार्दिक कृतज्ञता ज्ञापन समेत गरेका छन् । यसका साथै नेपालबाट आफ्नो प्रस्तुति सहित सांकृतिक कार्यक्रममा सहभागी भएर हर्ष र उल्लासका साथ भरपुर मनोरञ्जन दिनुहुने देउडा गायक सुरेश चोखाल साथै नेपाली साङ्गीतिक क्षेत्रमा उदाउदै गरेका स्थानीय सम्पुर्ण कलाकारहरु प्रति उच्च सम्मान ब्यक्त गरेका छन् ।
कार्यक्रमलाई सफल पार्नको लागि अहोरात्र लागिरहने संरक्षक टेक बहादुर बुढा लाई मन्च बाट सम्झिनु को साथै, आफ्नो सम्पुर्ण कामलाई मध्यनजर गर्दै कार्यक्रमलाई सफल पार्न खटिएका समाजका प्रमुख सल्लाहकार टेक बहादुर टमोटा , आयोजक केन्द्रीय समिति परिवारका सम्पूर्ण सहकर्मी सहित पेनाङ्ग सम्पुर्ण कार्यसमिति परिवार, जोहोरबारु सम्पुर्ण कार्यसमिति , सेलाङ सम्पुर्ण कार्यसमिति परिवार, , मल्लका कार्यसमिति परिवार , विशेष गरी जोहोरबारु र पेनाङ्ग समिति परिवार)प्रति उच्च सम्मान राखेका छन् ।
मलेसियाको राजधानी क्वालालम्पुर होटल ग्रान्ड कन्टिनेन्टलमा भएको उक्त कार्यक्रममा प्रायोजन गरि सहयोग गर्ने उग्रतारा रेष्टुरेन्ट कोतारिया, न्यू उग्रतारा रेष्टुरेन्ट सेरबान ,सह–प्रयोजनमा वरपिपल रेष्टुरेन्ट केलाङ, डे काष्ठमण्डप बुक्ति बिन्ताङ,बम राजा इन्टरप्राइजेज सेनाई जोहोर ,दिप ज्योति रेष्टुरेन्ट कोतरायालाई हार्दिक धन्यवाद दिएका छन् । कार्यक्रम सन्चालन गर्ने समाजका उपाध्यक्ष पुर्ण बहादुर बिष्ट र जोहोरबारु क्षेत्रिय समितिका उपसचिव कपिल बोहोरालाई पनि अध्यक्ष खड्काले धन्यवाद व्यक्त गरेका छन् ।
आगामी दिनमा पनि आफ्नो कला, संस्कृतिको उजागर तथा संरक्षण गर्न संस्था सदैव कटिबद्ध भएर लाग्ने पनि उनले प्रतिबद्धता जनाएका छन् ।