आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

गैरआवासीय नेपालीलाई नेपाली नागरिकता दिने बाटो खुल्यो,आज मन्त्रीपरिषदमा

बुधबार, भाद्र २० २०८०

काठमाडौँ, बर्षौदेखी विदेशमा रहेका गैरआवासीय नेपाली (एनआरएन) हरुले नेपाली नागरिकता पाऊने बाटो खुलेको छ । गैरआवासीय नेपालीलाई नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदको बिधान समितीले पारित गरेको र विहिवार मन्त्रीपरिषदले पारित गर्ने बालुवाटार निकट स्रोतले बतायो । उक्त बिधेयक पारित भएपछि गैरआवासीय नेपाली नागरिकता पाउने बाटो खुलेको छ ।
नागरिकता सम्बन्धी संधोधित ऐन गत जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरे पनि नियमावली भने अझै बनेको थिएन । २१ भदौमा बस्ने मन्त्रिपरिषद बैठकले नियमावली पारित गर्ने जनाइएको छ । यसको औपचारिक घोषणा भने सरकारले गरेको छैन ।
गैरआवासीय नेपाली नागरिकता नियमावली पास गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सक्रियता र जोडबल रहेको थियो । प्रधानमन्त्री प्रचण्ड सधैँ प्रवासमा रहेका नेपालीहरुको हक अधिकार प्रति सकारात्मक भएकाले उनकै पहलमा गैरआवासीय नेपाली नागरिकता मन्त्रीपरिषदबाट पारित भएको हो ।

गैरआवासीय नेपाली नागरिकता लिएपछि नेपालमा लगानी गर्न, सम्पत्ति राख्न लगायतका काम गर्न गैरआवासीय नेपाली नागरिकलाई सजिलो हुनेछ । यो नागरिकता लिएपछि राजनीति गर्न र भोट हाल्न पाइने छैन भने सरकारी जागिर खान वा नियुक्ति खान पाइनेछैन ।
बिशेषगरि अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा,युरोप लगायतका देशमा गई काम गरेर ती देशको नागरिकता लिइसकेका नेपाली मूलका नागरिकलाई गैरआवासीय नेपाली नागरिकता जरुरी रहेको छ । उनीहरुले नेपालमा सीप र लगानी भित्रयाउन कानुनी अडचन आएको भन्दै गैरआवासीय नेपाली नागरिकता दिन माग गर्दै आएका थिए ।
गैर आवासिय नेपाली संघले बर्षौदेखी एकपटकको नेपाली सँधैको नेपाली हो भन्दै गैरआवासीय नेपाली नागरिकताको माग गर्दै आएको थियो ।
आफूलाई राजनीतिक अधिकार नचाहिने, केवल आर्थिक र सांस्कृतिक अधिकार भएको नागरिकता दिए पुग्ने उनीहरुको माग रहेको थियो । नागरिकता पाएपछि उनीहरुलाई आम नेपाली नागरिक सरह नेपालमा हरेक व्यवसायमा लगानी गर्ने र सम्पत्ति राख्ने सुविधा प्राप्त हुनेछ ।
गैरआवासीय नेपाली नागरिकता प्राप्त हुँदै गर्दा धेरैजसो गैरआवासीय नेपाली खुसी छन भने केहीले भने आफूले भनेको जस्तो नभएको भन्दै आईरहेका पनि छन । नयाँ नागरिकता अंगीकृत भएको र उनीहरुको वंशजको नागरिकताका नाता टुटेको भन्दै केही गैरआवासीय नेपालीले यसलाई वंशजको श्रेणीमा राखिदिन माग गरिरहेका छन । यो नागरिकता लिन नेपाली नागरिकता त्यागेको निस्सा पेश गर्नुपर्ने छ । अधिकांश विदेशी नागरिकता लिएका गैरआवासीय नेपालीहरुले अझै पनि नेपाली नागरिकता नत्यागेको हुँदा पहिले उनीहरुले नेपाली नागरिकता त्याग्नुपर्ने छ र त्यसपछि मात्र गैरआवासीय नेपाली नागरिकताका लागि आवेदन दिन सक्नेछन । आवेदनका साथ आफू वा आफ्नो आमा–बुबा, हजुरबुबा–हजुरआमा साबिकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्नेछ । त्यसपछी मात्रै नागरिकता प्राप्त हुन्छ ।गैरआवासीय नेपाली नागरिकता मन्त्रीपरिषदबाट पारित भएकोमा
गैरआवासिय नेपाली संघ एनआरएनएले खुशी ब्यक्त गरेको छ ।
एनआरएनएका अध्यक्ष कुल आचार्यले
आफ्नो र संघको बर्षौदेखीको माग एकपटकको नेपाली सँधैको नेपाली हुनुपर्ने रहेको जनाउदै सरकारले मन्त्रीपरिषदबाट गैरआवासीय नेपाली नागरिकता बिधेयक स्विकृत गरेकोमा प्रधानमन्त्रीलगाएत नेपाल सरकार र सरोकारवाला सबै निकायलाई धन्यवाद ब्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार