कतार,गैरअवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद(एनआरएनए) कतारले नेपाली राजदुतावासमा श्रमीक हेल्प डेस्क स्थापना गर्ने भएको छ ।
एनसीसी कतारको पहिलो कार्यसमिति बैठकले दुतावास पुग्ने श्रमीकको सहयोगको लागि नियमित कर्मचारी रहने गरि दुतावास सँग समन्वय गरेर हेल्प डेस्क खोल्ने निर्णय गरेको हो ।
राजदुतावासमा पुग्ने श्रमीकहरुले फोटेकपी गर्न, राहदानी रिन्यु लगाएतका फाराम भर्न समस्या भोगीरहेको अवस्थालाई मध्यनजर गर्दे फोटोकपी मेशीन सहित कर्मचारी रहने गरि हेल्प डेस्क सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष रमेश भट्टले बताए । उनले आफ्नो २ वर्षे कार्यकालमा एनआरएनए कतारलाई मजदुरमुखी र परिणाममुखी बनाउने बताए । आफू भाषण गर्न र नेता बन्नको
लागी भन्दापनी काम गर्न आएकोले नतिजा हेर्न कतारवासी नेपालीलाई आग्रह गरे ।
हेल्पडेस्क सञ्चालनको लागि आवश्यक खर्च एनसीसी कतारबाट नगरी विभिन्न स्रोत बाट लिइने संस्थाका प्रथम उपाध्यक्ष एवं सुरक्षित आप्रवासन तथा श्रमिक कल्याण विभागका संयोजक कृष्ण पन्थीले जानकारी दिए । एनआरएनए एनसिसी कतारको पहिलो बैठकको पहिलो निर्णयले सबैतर्फ चर्चा पाएको छ ।
मिति ४ अगस्ट २०२३ शुक्रबारका दिन गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष श्री रमेश भट्ट ज्यूको अध्यक्षतामा बसेको पहिलो कार्यसमिति बैठकले गरेका निर्णयहरु निम्न रहेका छन ।
१. गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको विधान २००३ को एघारौ संसोधनको दफा १६ को १६.२ मा व्यवस्था अनुसार कार्यसमिति सदस्यमा निम्न व्यक्तिहरुलाई मनोनयन गर्ने निर्णय गरियो ।
१. श्री नन्दलाल विश्वकर्मा (अजय)
२. श्री सुनिल परियार
३. श्री शेख दबिर
४. श्री सम्सी आलम
५. श्री विवेक पुलामी मगर
६. श्री लिला राई
७. श्री विरेन्द्र यादव
८. श्री राम हृदय शाह
२. गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको विधान २००३को एघारौ संसोधनको दफा १६ को १६.२ मा भएको व्यवस्था अनुसार संघको प्रवक्तामा कार्यसमिति सदस्य श्री सन्तोष कुँवरलाई मनोनयन गर्ने निर्णय गरियो ।
३. गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको विधान २००३को एघारौ संसोधनको दफा १९ को १९.१ मा भएको व्यवस्था अनुसार संघको सचिवालय सदस्यमा तपशिल बमोजिम कार्यसमिति सदस्यहरुलाई मनोनयन गर्ने निर्णय गरियो ।
१. श्री सन्तोष पौडेल
२. श्री रमेश केसी
४. प्रदेशमा क्रियाशील रहेका विभिन्न संघ संस्थाहरु संग समन्वय गर्नको लागि तपशिल बमोजिमका कार्यसमिति सदस्यहरुलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरियो ।
१. कोशी प्रदेश : प्रेम कुमार बस्नेत
२. मधेश प्रदेश : मो.आजाद मंसुर
३. बाग्मती प्रदेश : सुदीप पाठक
४. गण्डकी प्रदेश : नन्दलाल विश्वकर्मा (अजय)
५. लुम्बीनी प्रदेश : झविन्द्र बेल्बासे (विवस)
६. कर्णाली प्रदेश : दुर्गा वि.क.
७. सुदुरपश्चिम : परमानन्द भट्ट
५. गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको विधान २००३ को एघारौ संसोधन परिच्छेद ६ को दफा १८ को १८.२ मा व्यवस्था भए अनुशार निम्न अनुशारको विभिन्न विभाग गठन गरि तपशिल बमोजिम संयोजकको जिम्मेवारी दिने निर्णय गरियो ।
१.सुरक्षित आप्रवासन तथा श्रमिक कल्याण विभाग संयोजक: कृष्ण पन्थी, प्रथम उपाध्यक्ष
२.संघ संस्था समन्वय विभाग संयोजक: केशव कार्की , द्धितिय उपाध्यक्ष
३.श्रमिक सचेतना परामर्श विभाग संयोजक: संन्दिप कुमार भट्टराई, तृतिय उपाध्यक्ष
४. सिप तथा क्षमता अभिवृद्धि विभाग संयोजक: नानु घले ब्लोन, महिला उपाध्यक्ष
५.सुरक्षा एवं स्वयमसेवक संयोजक: सुवास बहादुर थापा,युवा उपाध्यक्ष
६.साहित्य तथा प्रकाशन विभाग संयोजक: ओम बहादुर क्षत्री (सन्तोष),सचिव
७.पर्यटन प्रवद्धन विभाग संयोजक: रोशन अर्याल, सचिव
८. आर्थिक विभाग संयोजक: बुद्ध पाण्डे, कोषाध्यक्ष
९. सुचना तथा सञ्चार विभाग:
संयोजक: सन्तोष कुवँर, प्रवक्ता
१०. युवा विभाग संयोजक: मेहेत सिंह तामाङ, युवा संयोजक
११. महिला विभाग संयोजक: शुष्मा खतिवडा कटुवाल, महिला संयोजक
१२.अतिथि सत्कार तथा व्यवस्थापन विभाग संयोजक: सन्तोष पौडेल,सचिवालय सदस्य
१३.खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभाग संयोजक: रमेश केसी,सचिवालय सदस्य
१४.सामुहिक लगानी विभाग संयोजक: श्याम प्रसाद पौडेल, कार्यसमिति सदस्य
१५.कला तथा संस्कृतिक विभाग संयोजक: विवेक पुलामी,कार्यसमिति सदस्य
१६.एनसीसी कतारले नेपाली राजदुतावासमा श्रमीक डेस्क सञ्चालन गर्ने र त्यसको लागि दुतावाससँग समन्वय गरेर आवश्यक निर्णय लिने जिम्मा सचिवालयलाई दिने निर्णय गरियो ।
१७.महाधिवेशनको हलबाट पारित भएको संकल्प प्रस्तावको मर्म अनुशार एनआरएन आईसीसीको १० औँ महाधिवेशन बाट अलग भएर गठन गरिएको एनसीसी संग वार्ता गर्न संस्थाका प्रथम उपाध्यक्ष कृष्ण पन्थीको संयोजकत्वमा द्धितिय उपाध्यक्ष केशव कार्की र तृतिय उपाध्यक्ष संदिप कुमार भट्टराई रहेको वार्ता समिति गठन गर्ने निर्णय गरियो ।
१८. दशौँ राष्ट्रिय महाधिवेशनमा कोषाध्यक्षले तयार गरि लेखा समितिले अनुमोदन गरेको आर्थिक प्रतिवेदनमा पञ्जिकृत सदस्यहरुले आर्थिक अनियमितताको गम्भिर प्रश्न उठाएकोले हलबाट गठन भएको आईसीसी सह–कोषाध्यक्ष होमनाथ शर्माको संयोजकत्वमा एनसिसि कतारको लेखा समिति र कोषाध्यक्ष सम्मिलित छानबिन समितिलाई प्रतिवेदन बुझाउन १५ दिन समय दिने र छानबिनको लागि आवश्यक सहयोग एनसिसि कतारले गर्ने निर्णय गरियो ।
१९.कतारको दोहामा आगामी २ अप्टोबर २०२३ देखी २८ मार्च २०२४ सम्म चल्ने Doha Expo-2023 मा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले पनि संस्थागत सहभागीता जनाउन पहल गर्ने र सो कार्यको जिम्मा अध्यक्षलाई दिने निर्णय गरियो ।
सन्तोष कुवँर (केसी)
प्रवक्ता
तथा संयोजक, सुचना तथा सञ्चार विभाग
गरैआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार