सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

एनआरएनए कतारको आइसिसी सदस्यमा प्रेम चलाउनेको उम्मेदवारी घोषणा

शनिबार, साउन ६ २०८०

कतार । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए कतारको सन २०२३–२०२५ कार्यकालको लागि आइसिसी सदस्यमा प्रेम चलाउनेले उम्मेदवारी घोषणा गरेका छन ।

उम्मेदवारी घोषणा
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको २०२३–२०२५ कार्यकालको लागि आईसीसी सदस्यमा मेरो उम्मेद्वारी ।
आदरणीय कतारमा कार्यरत नेपाली दाजुभाई तथा दिदिबहिनीहरु, कतारमा स्थापीत संघसंस्थाका प्रमुख तथा प्रतिनिधि ज्यूहरू, गैरआवासीय नेपाली संघको अभियानका अग्रज तथा सामाजिक अभियन्ता ज्यूहरू, बुद्धिजिवि व्यवसायी, परिषद सदस्य ज्यूहरू एवं पत्रकार मित्रहरुमा हार्दिक नमस्कार ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारबाट सन् २०२३-२०२५ कार्यकालको लागि आईसीसी सदस्यमा यहाँहरुको अमुल्य साथ सहयोगको अपेक्षा सहित उम्मेदवारी दर्ता गराएको जानकारी गराउदछु ।
प्रेम चलाउने
आईसीसी सदस्य पद मा उम्मेदवारी
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद,क़तार !

प्रतिक्रिया
सम्बन्धित समाचार