चीन,गैरआवासीय नेपाली संघ (एनआरएनए) चीनको अध्यक्षमा निर्मल शर्मा चौलागाई निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनमा चौलागाईले विष्णु प्रसाद दुमरुलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । सन २०२३–०२५ कार्यकालका लागि भएको निर्वाचनमा कुल २७९ मत संख्या थियो । जसमा २६७ मत खस्दा सदर मत २६५ र दुई मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार चौलागाईले २०५ मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी विष्णु प्रसाद दुमरुले ६० मत मात्रै पाए ।