काठमाडौं , नेपालका लागि कतारी राजदूत युसूफ बिन मोहम्मद अल हैल आफ्नो ७ वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्किँएका छन । स्वदेश फर्किनु अघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगाएत सभामुख,रास्ट्रिय सभा अध्यक्षलगाएतसँग शिष्टाचार बिदाई भेट गरेका छन । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको भेटमा नेपाल र कतारबिचको दुई देशीय सम्बन्धका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालसँग शिष्टाचार भेटपछि राजदूत अल हैलले सामाजिक सञ्जालमा भावुक स्टाटस लेख्दै नेपाल आफ्नो दोस्रो घर भएको बताउदै आफ्नो नेपालको कार्यकाल सकिएकाले कतार फर्कन लागेको तर नेपाल र नेपालीको माया कहिलै नभुल्ने लेखेका छन । सन २०१६ देखि अहिलेसम्म कतार सरकारको प्रतिनिधिको रूपमा नेपालमा काम गर्न पाएकोमा म गौरवान्वित छु । नेपाल सदैव मेरो हृदयमा रहनेछ । मेरो लागि नेपाल दोस्रो घर हो । म जहाँ भएपनि नेपालको उन्नति र प्रगतिका लागि सधैं तत्पर रहनेछु भन्दै नेपाल र नेपालीलाई धेरै शुभकामना ब्यक्त गरेका छन ।
उनले नेपालमा आफूलाई सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन ।

राजदूत अल हैलको कार्यकालमा नेपाल र कतारबिचको सम्बन्ध सुमधूर हुनुका साथै वैदेशिक रोजगारका लागि कतार जाने कामदारका खासै ठूला समस्या देखिएनन ।