दिनेश खड्का’खप्तडि’ / मलेसिया, गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको आगामी दुई वर्षे कार्यकालको लागि बर्तमान अध्यक्ष बिनोद थापासहित एनआरएन मलेसियाका उपाध्यक्ष राकेश महतो र केन्द्रिय सदस्य सन्तोष कार्कीले उम्मेद्वारी दर्ता गराएका छन । यहीँ जुलाई २९ र ३० तारिक हुने एनआरएनए मलेसियाको आठौँ अधिबेशनले नयाँ नेतृत्वको लागि निर्वाचन गर्नेछ । थापा सहित तिन जनाले गत शनिबार नै अध्यक्षको लागि उम्मेद्वारी दर्ता गराएका हुन ।
गैरआवासीय नेपाली संघ मलेसियाको नयाँ नेतृत्व चयनको लागि यस पटक मतदान प्रक्रियाबाट निर्वाचन हुने सम्भावना बढेको छ । यसअघि एनआरएनए मलेसियाको ईतिहासमा निर्बिरोध कार्यसमिति चयन हुदै आएको थियो । यसपटक पनि निर्विरोधको लागी एनआरएनए अभियन्ताहरुबाट पहल भने भैरहेको छ । सर्वसम्मत नेतृत्वका लागी आज नै मलेसियामा रहेका संघ सँस्थाहरुको संयुक्त बैठक बस्दैछ ।एनआरएनए मलेसियाले सार्वजनिक गरेको पंजीकृत सदस्यता सुचिअनुसार ४५५१ पंजीकृत सदस्य हरु रहेका छन । ति सबैले मतदानमा भाग लिन पाउनेछन । तर निर्वाचन नै भएको अवस्थामा मलेसिया धेरै ठुलो देश भएकाले धेरै कम मतदान हुने निस्चित छ ।
एनआरएनए मलेसियाको अध्यक्ष पदका लागि हाल थापा र महतो चर्चामा छन । उनले गत जुलाई १५ तारीखमा पत्रकार सम्मेलन गर्दै घोषणा पत्र समेत सार्वजनिक गरेका थिए । महतो मलेसियामा विगत २४ बर्ष देखि बसोबास गर्दै आएका छन । उनि मलेसीयामा २४ बर्ष अगाडि वैदेशिक रोजगारीको सिलसिलामा श्रमिककै रुपमा प्रवेश गरेका थिए । महतोले आफू १४ बर्षसम्म कम्पनीमा साधारण श्रमिकको रुपमा काम गरेको मान्छे जनाउदै
१४ बर्ष पछि भने व्यापार ब्यवसायमा सक्रिय रहेको बताए । मलेसियामा किराना पसल , रेष्टुरेन्ट , होस्टेल म्यानेजमेन्ट , मिनिमार्ट लगायत संचालन गर्दै आएका महतोले नेपालमा पनि आरके ब्रदर्श प्राइभेट लिमिटेड कम्पनी ,आरके सप्लायर्स लगाएत ब्यवसायमा सक्रिय रहेका छन ।
मलेसियामा पनि सामाजिक कार्यमा उनी सकृय भएर लागिरहेका छ्न । नेपाली श्रमिकलाई र उनीहरुको समस्यालाई बुझेर आफूले सहयोग गर्दै आएको महतो बताउछन । नेपाली श्रमिकको लागि केहि गर्छु भन्ने सोच भएका महतो यस पटक एनआरएनएको नेतृत्व पंक्तिमा बसेर अझै बढी नेपाली श्रमिकको सेवा गर्ने लक्ष्य लिएको बताउछन ।

उनले आफ्नो घोषणा पत्रमा आफू अध्यक्ष भएपछि मासिक २ हजार रिंगेट श्रमिक कोषमा जम्मा गर्ने पर्तिबद्दता ब्यक्त गरेका छन । उनले नेपाली दुतावास र संघ,सँस्थासँग निरन्तर सहकार्य गरेर मलेसियामा रहेका नेपाली कामदारको हक हितको लागि काम गर्ने दावी गरेका छन ।
एनआरएनए मलेसियाका हालका उपाध्यक्ष महतोले एकपटक आफ्नो नाममा सहमती जुटाउन मलेसियामा रहेका अग्रज र एनआरएनए अभियन्ताहरुलाई अनुरोध गरेका छन । महतोले बर्तमान अध्यक्ष थापा र कार्की दुबै आफ्ना नजीकका मित्र र अघिल्लो कार्यकालमा सँगै सहकार्य गरेर काम गरेको एउटै टिम भएकाले उहाँहरुले यो कार्यकाल आफुलाई अध्तक्ष छाड्नेमा बिश्वस्त रहेको बताए । आजको सर्वदलिय बैठकपछि एनआरएनए मलेसियामा निर्वाचन हुने की सर्वसम्मत हुने निर्णय हुने निर्वाचन समितिले बताएको छ ।