शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

एनआरएनए चीनको अध्यक्षमा निर्मल चौलागाईको दाबेदारी

बुधबार, साउन ३ २०८०

काठमाडौ(जस)–गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) चीनको अध्यक्षमा निर्मल चौलागाईको दाबेदारी बलियो देखिएको छ । आगामी कार्यकालको लागि हुन गइरहेको निर्वाचनमा समय नजिकिदै जाँदा प्रतिस्पर्धीबीच तीब्र प्रतिस्पर्धा हुने सम्भाबना देखिएको छ ।
यस्तोमा सन २००४ देखि बिद्यार्थीको रूपमा चीन प्रवेश गरेर आफ्नै मिहेनतमा एउटा सफल व्यवसायीको परिचय बोकेका निर्मल चौलागाईं को नेतृत्वका लागि दाबी बलियो देखिएको हो । युवाहरुमाझ लोकप्रिय अनुहारका रुपमा चौलागाई नेपाललगायत चीनका बिभिन्न व्यवसायमा सक्रिया रहेका छन् । निर्मल नेपाल र नेपालीका निम्ति आबस्यक जुनसुकै सहयोगको निम्ति सदैब अग्रसर अनुहार भएको चीनका एनआरएनका जानकारहरु बताउँदछन ।
भोलीका दिनहरुमा पनि नयाँ सोच र योजनाका साथ सबै भुगोलका नेपाली समुदायलाई जोडेर नेपालमा सामुहिक लगानी गर्ने आफ्नो योजना भएको निर्मल बताउँछन । त्यस्तै लामो समयदेखि चीनमा बसेर व्यवसाय गरेका बिष्णु दुमरु पनि आफु निर्वाचन जित्ने कुरा मा ढुक्क भएको बताउँछन

प्रतिक्रिया
सम्बन्धित समाचार