मलेसिया । प्रवासी नेपाली मंच मलेसिया रास्ट्रिय कमिटीको पहिलो बैठक तथा सफथ ग्रहण कार्यक्रममा कमिटीका अध्यक्ष दयाराम कुमालको अध्यक्षतामा आईतवार होटल ग्राण्ड कन्टिनेन्टलमा सम्पन्न भयको छ । कार्यक्रममा अनलाईन मार्फत प्रमुख अतिथि मध्य पुर्बी एसिया महादेसिय इन्चार्ज भक्त बहादुर गुरुङ र अतिथि कमिटीका निबर्तमान अध्यक्ष शेर बहादुर गुरुङको उपस्थिति रहेको थियो ।
उक्त बैठकले महत्त्वपूर्ण नौ ओटा निर्णय गरेको छ ।
हाल राज्य कमिटी बिस्तारको लागी पेनाङ राज्यको इन्चार्ज राधीका छेत्रीलाई मनोनित गरिएको छ र मलेसिया भरि रहनुभएका पार्टि सदस्य हरुलाइ समाजिक सन्जाल मार्फत एकता बद्ध गर्ने र बिस्तारको लागी कमिटीका केन्द्रीय सदस्य टोपनारायण भण्डारी लाई जिम्मेवारी दिइएको अध्यक्ष कुमालले बताए ।
निबर्तमान अध्यक्ष शेर बहादुर गुरुङको अध्यक्षतामा चार सदस्यीय सल्लाहकार परिषद मनोनीत गरिएको छ र प्रथम बैठकले अधिबेशन सब्य भब्य रुपमा सम्पन्न गराउनु भयकोमा आयोजक कमिटिको मुल नेतृत्व लाइ धन्यवाद सहित सम्मान गर्ने निर्णय पारित गरेको पनि कुमालले बताए ।
बैठकले एनआरएनए मलेसियामा हुन गैरहेको निर्वाचनमा प्रवासी नेपालि मन्चले सन्तोस कार्किको नेतृत्वमा रहेको समुहलाइ समर्थन गर्ने निर्णय पारित गरेको छ । कार्यक्रम सचिब कृष्ण खड्काले सन्चालन गरेका थिए ।