सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

एनआरएनए यूएई (नेपाल एशोसियसन)को अध्यक्षमा विकास शाहीको उम्मेदवारी दर्ता

आइतबार, असार ३१ २०८०

काठमाडौं(जस)–गैरआवासीय नेपाली संघ (नेपाल एशोसियसन) यूएईको अध्यक्षमा वर्तमान कार्यसमितिका उपाध्यक्ष विकास शाहीले आफ्नो आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । यही जुलाई ३० मा हुने अधिवेशनका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका शाहीले अध्यक्षको दाबेदारीसहित उम्मेदवारी दर्ता गरेका हुन् ।
नयाँ नेतृत्व चयनका लागि हरेक दुई वर्षमा हुने नियमित प्रक्रियामा म सहभागी हुँदै आफ्नो उम्मेदवारी दर्ता गरेको शाहीले बताए । ‘मलाई पदीय जिम्मेवारीमा पुर्याउने अभिभारा अब हजुरहरुकै हातमा छ । युएईमा रहनुभएका हजुरहरु सम्पूर्णको आमचासो र सरोकारलाई सम्बोधन गर्न–गराउन साथै संस्थालाई अझ व्यवस्थित र परिमार्जित गर्दै पञ्जीकृत सदस्यहरूको चाहनाअनुरूप अगाडि बढाउन मैले उम्मेदवारी दर्ता गरेको छु’, उम्मेदवारी दर्तापछि शाहीले भनेका छन् । उनले संघको पारदर्शिता आफ्नो पहिलो एजेण्डा रहेको बताए । श्रमिकसम्म एनआरएनएको पहुँच बढाउने, दूतावासससहितका सरकारी निकायसँग आवश्यक समन्वय गर्ने, यहाँका स्थानीय संघसंस्थासँग सहकार्य गरेर अघि बढ्ने लगायत योजना पनि उनको रहेको बताए । यसबाहेक कोरोना महामारीका क्रममा नेपाली श्रमिकको उद्दार, राहत र व्यवस्थापनमा आफूले खेलेको भूमिकाको पनि मूल्यांकन गर्न उनले युएईवासी नेपालीलाई अनुरोध गरे ।
विगत १८ बर्ष देखि युएईमा कार्यरत रहेका शाहीेले यो १८ बर्षको समय अवधिमा मैले अनेकन नेपाली श्रमिकको समस्या देख्दै आइरहेको र ती उत्पन्न समस्याहरुको यथासम्भव समाधान खोज्दै विभिन्न संघ संस्था निकायसंग समन्वय गर्दै आइरहेको जनाएका छन् । ‘सँस्थागत आवद्धताको हकमा सन् २०१७ मा एनआरएनए (नेपाल एसोसिएसन) युएईको पन्जिकृत सदस्य हुँदै एनआरएनए अभियानमा जोडिएको थिएँ । सन २०१९ – २०२१ को एनआरएनए एनसीसी युएईमा कोषाध्यक्ष र हाल मौजुदा २०२१– २०२३ कार्यकालमा एनआरएनए एनसीसी युएईको उपाध्यक्ष पदमा जिम्मेवारी बहन गर्दै निरन्तर एनआरएनए युएईमा सक्रिय रहेको छु । युएईमा हुने हरेक सामाजिक गतिविधिहरुमा सहभागी हुदै नेपाली जनसम्पर्क समिति, युएईको सल्लाहकार, कास्की आदर्श समाज युएईको सल्लाहकार, ठकुरी सहयोग संजालका युएईको सल्लाहकारलगायतका संघ संस्थामा आबद्ध छु,’ उनले उल्लेख गरेका छन् ।
शाहीले अध्यक्ष पदमा रहरे सेवा गर्ने र कार्यकारी पदको जिम्मेवारी सम्हाल्ने अवसर पाएमा विभिन्न कार्यहरुलाई प्राथमिकतामा राखी मन, बचन र कर्मले सफल पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शाहीले सार्वजनिक गरेका प्रतिवद्धता एवं संकल्पहरुमा संस्थाको कोषमा हुने रकममा आर्थिक पारदर्शिता हुनेछ । आर्थिक अनियमितता गरिने छैन । संस्थाका हरेक सामाजिक तथा आर्थिक गतिविधिलाई पारदर्शी रुपमा आधिकारिक सामाजिक संजालको एकाउन्ट साथै (नेपाल एसोसिएसन) एनआरएनए युएईको आधिकारिक वेभसाइट बनाएर राखिने, २) आम नेपाली श्रमिकहरुका लागि चरणवद्ध तरिकाले सात वटा इमिरेट्समै चेतनामुलक कार्यक्रमहरु संचालन गर्दै युएईमा क्रियाशील सबै संघ–संस्थाहरु सँग संस्थागत रुपमा संम्वन्ध स्थापित गरी थप कार्यहरु गरिने, नेपाली दूतावास युएईसँग समन्वय गरी श्रम नवीकरण, पासपोर्ट नवीकरण गर्न , प्रत्येक महिना घुम्ती शिविर चलाउन पहल गरिनेलगायत रहेका छन् ।
यस्तै हरेक नेपालीको बैक खाता अनिवार्य गराउने र समाजिक सुरक्षा कोषबाट बन्चित हुन नदिने भरमग्दुर प्रयास गरिने, युएईमा रहेको बिजनेश काउन्सिल सँग सहकार्य गरेर व्यावसायिक विश्व भेला गर्ने जसमा नेपाल सरकारको प्रत्यक्ष संगलनता रहोस् र नेपालमा लगानीको वातावरण सिर्जना गर्न पहल गरिने, हाल नेपाल सरकार ले लागू गरेको सामाजिक सुरक्षाकोषको प्रचार प्रसारको लगि सचेतनामूलक कार्यक्रमहरु गरिने, नेपाली दुतावास युएई र यÞूएई मा क्रियाशील संघ सस्थाहरु बिच आपसी सहाकार्य र दिगो संबन्ध स्थापित गर्न पहल गरिने, नेपाली दुतावाससँग सहकार्य गरी नेपाली समुदायमा आइपरेका समस्या तथा अलपत्र परेका नेपाली श्रमिकहरुको हकहित तथा समस्या समाधानका लागि अधिकतम पहल एवं रचानात्मक ढंगवाट कार्य सम्पादन गरिने, नेपालको पहिचान रहने नेपाली कला तथा सस्कृतिलाई विश्व सामु चिनाउनका लागि गैरआवासीय नेपाली संघको विश्व संजालमार्फत आवश्यक पहल गरिने शाहीले प्रतिबद्धता जनाएका छन् ।
आगामी कार्यकाल (२०२३–२०२५) को नेतृत्वमा पु¥याई कार्यकारी पदको जिम्मेवारी प्रदान गर्न यथासम्भव सहयोग गर्न एनआरएनएका सम्पूर्ण पञ्जिकृत सदस्यहरु लगायत सरोकारवाला सबैलाई आग्रह गर्दै हौसला, समर्थन र सहयोगको लागि सम्पुर्णमा शाहीले अनुरोध गरेका छन् । एनआरएनए यूएईको कार्यसमितिमा रहँदा वा नरहँदा नेपाली समाजको हितका लागि गरेको कामको मूल्यांकन गर्दै आफूलाई सर्वसम्मत अध्यक्ष बनाइनुपर्ने शाहीले बताए । त्यसका लागि सकारात्मक माहोल बनिरहेको उनको दाबी छ । शाहीले भने, ‘म २०१९–०२१ मा कोषाध्यक्ष हुँदै २०२१–०२३ को उपाध्यक्षमा छु । मैले हरेक एनआरएनए मुभमेन्टमा सक्रियतापूर्वक काम गरिरहेको छु । विश्वास छ, सबैले यो पटक पनि साथ दिनुहुनेछ ।’
यूएईको नेपाली समूदायमा मिलनसार र सबैलाई मिलाएर जानसक्ने व्यक्ति भनेर परिचित शाहीले आफू नेतृत्वमा पुगेपछि सोही मर्मका साथ अघि बढ्ने बताए । उनको यूएईमा क्रियाशील नेपाली समूदायका सबै संघसंस्थासँग राम्रो सम्बन्ध रहेको छ र प्राय सबै संघ सँस्थाले शाहीलाई समर्थन गरेका छन । उनले भने, ‘मेरो सम्बन्ध सबै संघसंस्थासँग राम्रो छ । यही कारणले म निर्विरोध हुने सम्भावना पनि देखेको छु । अहिलेको अवस्थामा सबै ९० प्रतिशत भन्दा बढी एनआरएनएसँग सरोकार राख्ने व्यक्ति तथा संघ संस्थाहरुले साथ सहयोग गर्नुभएको छ । आशा छ, म निर्विरोध हुनेछु ।’ कास्कीका शाही १८ वर्षअघि यूएईमा आएका थिए । श्रमिकका रुपमा यूएई आएका उनी आफ्नो पौरखले पछि व्यवसायीका रुपमा दरिएका हुन । यूएईमा उनका रेस्टुरेन्टलगायतका व्यवसाय रहेका छन ।

बिकास शाही
(नेपाल एसोसिएसन) एनआरएनए, युएईका २०२३–२०२५ कार्यकालका निम्ति अध्यक्ष पदका उम्मेद्वार

परिवर्तनका संवाहक युवा उम्मेद्वार बिकास शाहीलाई आफ्नो अमुल्य मत दिई (नेपाल एसोसिएसन) एन आर एन ए युएईको अध्यक्ष पदमा भारी मतका साथ बिजयी गराऊँ ।

सम्पुर्ण युएईबासी गैरआवासीय नेपाली आमाबुवा, दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक नमस्कार तथा नमन ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद युएई (नेपाल एशोसियसन) को २०२३–२५ कार्यकालका लागि अध्यक्ष पदमा मैले उम्मेद्वारी दर्ता गरेको छु । नयाँ नेतृत्व चयनका लागि हरेक दुई वर्षमा हुने यो नियमित प्रक्रियामा म सहभागी हुँदै यहाँहरु समक्ष उपस्थित भएको छु । मलाई पदीय जिम्मेवारीमा पुर्याउने अविभारा अब हजुरहरुकै हातमा छ । युएईमा रहनु भएका हजुरहरु सम्पूर्णको आम चासो र सरोकारलाई सम्बोधन गर्न–गराउन साथै संस्थालाई अझ व्यवस्थित र परिमार्जित गर्दै पञ्जीकृत सदस्यहरूको चाहना अनुरूप अगाडि बढाउन मैले उम्मेदवारी दर्ता गरेको छु ।

म विगत १८ बर्ष देखि युएईमा कार्यरत छु । यो १८ बर्षको समय अवधिमा मैले अनेकन नेपाली श्रमिकको समस्या देख्दै आइरहेको छु भने ती उत्पन्न समस्याहरुको यथासम्भव समाधान खोज्दै विभिन्न संघ संस्था निकायसंग समन्वय गर्दै आइ रहेको छु । सँस्थागत आवद्धताको हकमा सन् २०१७ मा एनआरएनए (नेपाल एसोसिएसन) युएईको पन्जिकृत सदस्य हुँदै एनआरएनए अभियानमा जोडिएको थिएँ । सन २०१९ – २०२१ को एनआरएनए एनसीसी युएईमा कोषाध्यक्ष र हाल मौजुदा २०२१– २०२३ कार्यकालमा एनआरएनए एनसीसी युएईको उपाध्यक्ष पदमा जिम्मेवारी बहन गर्दै निरन्तर एनआरएनए युएईमा सक्रिय रहेको छु । युएईमा हुने हरेक सामाजिक गतिविधिहरुमा सहभागी हुदै नेपाली जनसम्पर्क समिति, युएईको सल्लाहकार, कास्की आदर्श समाज युएईको सल्लाहकार, ठकुरी सहयोग संजालका युएईको सल्लाहकार लगायतका संघ संस्थामा आबद्ध छु ।

मेरो कार्यक्षमतामा विश्वास गरेर उक्त जिम्मेवारी सुम्पिनुहुने (नेपाल एसोसिएसन) एनआरएनए, एनसीसी, युएईका हजुर सम्पुर्ण अग्रज प्रती आभारी छु । हाल सम्पन्न हुन गई रहेको २०२३÷२०२५ कार्यकालको लागि अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा यसै लेख मार्फत गर्दछु । मैले अध्यक्ष पदमा रही सेवा गर्ने र कार्यकारी पदको जिम्मेवारी सम्हाल्ने अवसर पाएमा तपसीलका कार्यहरुलाई प्राथमिकतामा राखी मन, बचन र कर्मले सफल पार्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

मेरा प्रतिवद्धता एवं संकल्पहरुः

१) संस्थाको कोषमा हुने रकममा आर्थिक पारदर्शिता हुनेछ । आर्थिक अनियमितता गरिने छैन । संस्थाका हरेक सामाजिक तथा आर्थिक गतिविधिलाई पारदर्शी रुपमा आधिकारिक सामाजिक संजालको एकाउन्ट साथै (नेपाल एसोसिएसन) एनआरएनए युएईको आधिकारिक वेभसाइट बनाएर राखिनेछ ।

२) आम नेपाली श्रमिकहरुका लागि चरणवद्ध तरिकाले सात वटा इमिरेट्समै चेतनामुलक कार्यक्रमहरु संचालन गर्दै युएईमा क्रियाशील सबै संघ–संस्थाहरु सँग संस्थागत रुपमा संम्वन्ध स्थापित गरी थप कार्यहरु गरिनेछ ।

३) नेपाली दूतावास युएईसँग समन्वय गरी श्रम नवीकरण, पासपोर्ट नवीकरण गर्न , प्रत्येक महिना घुम्ती शिविर चलाउन पहल गरिनेछ ।

४) हरेक नेपालीको बैक खाता अनिवार्य गराउने र समाजिक सुरक्षा कोषबाट बन्चित हुन नदिने भरमग्दुर प्रयास गरिनेछ ।

५) युएईमा रहेको बिजनेश काउन्सिल सँग सहकार्य गरेर व्यावसायिक विश्व भेला गर्ने जसमा नेपाल सरकारको प्रत्यक्ष संगलनता रहोस् र नेपालमा लगानीको वातावरण सिर्जना गर्न पहल गरिनेछ ।

६) हाल नेपाल सरकार ले लागू गरेको सामाजिक सुरक्षाकोषको प्रचार प्रसारको लगि सचेतना मूलक कार्यक्रमहरु गरिनेछ ।

७) नेपाली दुतावास युएई र यÞूएई मा क्रियाशील संघ सस्थाहरु बिच आपसी सहाकार्य र दिगो संबन्ध स्थापित गर्न पहल गरिनेछ ।

८) नेपाली दुतावास संग सहकार्य गरी नेपाली समुदायमा आइपरेका समस्या तथा अलपत्र परेका नेपाली श्रमिकहरुको हकहित तथा समस्या समाधानका लागि अधिकतम पहल एवं रचानात्मक ढंगवाट कार्य सम्पादन गरिनेछ ।

९) नेपालको पहिचान रहने नेपाली कला तथा सस्कृतिलाई विश्व सामु चिनाउनका लागि गैरआवासीय नेपाली संघको विश्व संजाल मार्फत आवश्यक पहल गरिनेछ ।

१०) स्वास्थ्यका लागि खेलकुद भन्ने मुल मन्त्रका साथ विभिन्न खाले खेलको प्रतियोगिताको आयोजना गरिनेछ । गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद सँग समन्वय गरी युएई बाट विभिन्न खेल विधाकाका उत्कृष्ट खेलाडीहरुलाई नेपालमा हुने बिभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा सहभागिता गराइने छ ।

११) बैकल्पिक राहात कोषको स्थापना गरिनेछ । वैकल्पिक राहात कोषलाई आर्थिक रूपमा दरिलो बनाउनको लागि गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद र विभिन्न दाताहरूसँग सहयोग अपिल गरिनेछ।

१२) संस्था भित्र हुने विभिन्न गुट–उप–गुट साथै अवैधानिक क्रियाकलापलाई निरुत्साहित एवं बञ्चित गरिनेछ र संस्थालाई संगठित गरी पारदर्शिता साथै युएईमा रहेका नेपालीहरुले अभिभावकत्व महसुस हुने गरी काम गरिनेछ ।

१३)पञ्जीकृत सदस्यहरूको असामयिक निधन वा कुनै कारण बस दुर्घटना भएमा संस्थागतरुपमा एक लाख नेपाली रुपियाँ सम्म सहयोग गरिनेछ ।

१४) नेपालमा दैविक प्रकोपले पार्ने विभिन्न अप्ठ्याराहरुलाई मुल्यांकन गरी आवश्यक सहयोग र राहत कार्यमा समन्वय गर्दै सहयोग गरिनेछ ।

१५) केन्द्रीय सदस्यका पदाधिकारीज्यु लाई विभिन्न विभागका विभागीय संयोजक बनाइनेछ । उहाँहरुको ब्यक्तित्व साथै नेतृत्व विकासका लागि संस्थाले आयोजना गर्ने विभिन्न कार्यक्रममा जिम्मेवारी प्रदान गरिनेछ ।

उपसंहारको रुपमा उल्लेखित कार्यहरुको पूर्ण सम्पादनका लागी मेरो उम्मेदवारी रहेको तपाईहरु सम्पुर्णमा विनम्र जानकारीका साथै आगामी कार्यकाल (२०२३–२०२५) को नेतृत्वमा पु¥याई कार्यकारी पदको जिम्मेवारी प्रदान गर्न यथासम्भव सहयोग गर्न एनआरएनएका सम्पूर्ण पञ्जिकृत सदस्यहरु लगायत सरोकारवाला सबैलाई आग्रह गर्दै हौसला, समर्थन र सहयोगको लागि सम्पुर्णमा पुनः हार्दिक बिनम्र अनुरोध गर्दछु ।

अन्तमा यहाँहरू सम्पूर्णमा विनम्र आग्रह गर्दै हजुरहरु सबैको अपार माया, सद्भावना, विश्वास, साथ, सहयोग र अमुल्य मतको अपेक्षा राख्दछु ।

भवदीय
नामः– बिकास शाही
सदस्यता नं. AE00000027

पदः– २०२३-२०२५ कार्यकालको लागि अध्यक्ष पदका उम्मेदवार

प्रतिक्रिया
सम्बन्धित समाचार