सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

आइतबार, असार ३१ २०८०

धादिङ, ३१ असार । निलकण्ठ नगरपालिका-३ बसपार्क नजिक बस्ने डङक बहादुर ढकालको घरमा जुवातास खेलिरहेको अवस्थामा ढकाल समेत ७ जनालाई  प्रहरीले पक्राउ गरेको छ । 

 

ढकालको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद ५८ हजार ६ सय ७० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ । 

 

प्रतिक्रिया
सम्बन्धित समाचार