शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

एनआरएनए यूएईको प्रमाणित सदस्यहरुको संख्या ४८७९

आइतबार, असार ३१ २०८०

युएई । गैरआवासिय नेपाली संघ रास्ट्रिय समन्वय परिषद (नेपाल एसोसिएसन) युएईको आगामी २०२३–२०२५ कार्यकालको निम्ति अनलाईन मार्फत खुल्ला गरिएको नयाँ पञ्जिकृत ए प्रमाणित सदस्यहरुको संख्या ४८७९ पुगेको छ ।
निर्वाचन समितीका संयोजक रमेश श्रेष्ठका अनुसार गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (नेपाल एसोसिएसन) युएईको आगामी २०२३–२०२५ कार्यकालको निम्ति अनलाईन मार्फत खुल्ला गरिएको नयाँ पञ्जिकृत सदस्यताको आवेदन मिति २७–६–२०२३ मंगलवारको दिन देखी बन्द गरिएको र उक्त समय अवधी भित्र अनलाईन मार्फत पञ्जिकृत सदस्यताको अवेदन दिएको तर सदस्यताको लागि आवश्यक फेस भेरीफिकेसन नमिलेर पेन्डिङमा रहेको आवेदकको हकमा गत मिति ११–७–२०२३ सम्मको समय निर्धारण गरिएको थियो ।
पेन्डिङमा रहेको र भेरीफिकेसन हुन बाँकी सदस्यहरुले पूनः सेल्फी सहित आवश्यक कागजपत्रहरु अपलोड गरिएको सदस्यहरुको हकमा अन्तिम मिती सम्म पेन्डिङमा रहेको सदस्यहरुले आवश्यक कागज पत्र सहित सेल्फी अपलोड गरिएको सदस्यहरुको सदस्यता भेरीफिकेसन टिमले प्रमाणीकरण गरी मिती ११–७–२०२३ को दिन देखी पञ्जिकृत सदस्यहरुको आवेदन पूर्ण रुपमा बन्द गरिएको थियो । यसरी कार्यकाल २०२३-२०२५का निम्ति एनआरएनए युएईका प्रमाणित सदस्यहरुको संख्या ४८७९ हुनगएको छ ।
List of Approved Members of Nepal Association, NRNA NCC UAE for the year 2023-2025

प्रतिक्रिया
सम्बन्धित समाचार