पुष्कर सापकोटा, युएई
मध्यपूर्वमा प्रचण्ड गर्मीका बीच गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद एनआरएनएको २०२३ २०२५ कार्यकालको नयाँ नेतृत्वको लागी चुनावको गर्मी पनि बढेको छ । मध्यपूर्वका ओमान बाहेक ६ वटा एनसिसिमा निर्वाचन बाकी छ । ओमानमा यो भन्दा पहिले नै बिकल झाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भैसकेको छ भने अव अधिवेसनमात्रै बाकी छ । एनआरएनएको २०२३ २०२५ कार्यकालको नयाँ नेतृत्वको लागी मध्यपूर्वका सबै देशहरु सातै एनसीसीहरुमा छुट्टाछुट्टै निर्वाचन समिति गठन गरेको मध्यपूर्व संयोजकद्वय मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’ र राजेन्द्र अर्याल (जोन)ले बताए । मध्यपूर्वद्वय गोर्खाली र जोनले सबै एनसिसिहरुलाई पत्र लेख्दै निर्वाचन समितीलाई स्वच्छ र पारदर्शी रुपमा निर्वाचन गराउन निर्देशन दिदैं निर्वाचन परिवेक्षण समिती समेत गठन गरेको जनाएका छन । मध्यपूर्वद्वय गोर्खाली र जोनले मध्यपूर्वका सबै एनसिसिहरु कतार,युएई,साउदी अरव,बहराईन,कुवेत,ईराकलाई निम्न अनुसारको निर्वाचन संयोजक र निर्वाचन पर्यवेक्षक तोकी निर्वाचन सम्पन्न गर्न निर्देशन दिएका छन ।
(१) देशः कतार
महाधिवेशन मितिः २१ जुलाई २०२३
निर्वाचन संयोजकः क्रान्ती सिंह
पर्यवेक्षकः के. बि. हमाल (एनआरएनए, मध्यपूर्व उप–संयोजक)
(२) देशः बहराइन
महाधिवेशन मितिः २१ जुलाई २०२३
निर्वाचन संयोजकः कमल श्रेष्ठ
पर्यवेक्षकः लाल प्रसाद पुन (एनआरएनए, मध्यपूर्व उप–संयोजक)
(३) देशः कुवेत
महाधिवेशन मितिः २१ जुलाई २०२३
निर्वाचन संयोजकः सुजन के.सी.
पर्यवेक्षकः अमित चाम्लिङ राई (एनआरएनए, मध्यपूर्व उप–संयोजक)
(४) देशः साउदी अरेबिया
महाधिवेशन मितिः २८ जुलाई २०२३
निर्वाचन संयोजकः राजेन्द्र अर्याल(जोन)
पर्यवेक्षकः भक्त वीर राई (उपाध्यक्ष, एनआरएनए एनसीसी, साउदी अरेबिया )
(५) देशः ईराक
महाधिवेशन मितिः २८ जुलाई २०२३
निर्वाचन संयोजकः राजीव कुमार थिङ
पर्यवेक्षकः लाल काजी गुरुङ (निवर्तमान अध्यक्ष, एनआरएनए एनसीसी, ईराक)
(६) देशः ओमान
महाधिवेशन मितिः २८ जुलाई २०२३
(७) देशः युनाईटेड अरव इमिरेट्स
महाधिवेशन मितिः ३० जुलाई २०२३
निर्वाचन संयोजकः रमेश श्रेष्ठ
पर्यवेक्षकः राजु के.सी. (मध्यपूर्व उप–संयोजक)
एनआरएनए, आईसीसीमा मध्यपूर्व क्षेत्रबाट २०२१ २०२३ कार्यकालमा प्रतिनिधित्व गर्ने आइएसका पदाधिकारीहरु, मध्यपूर्व क्षेत्रका उपसंयोजकहरुका साथै मध्यपूर्व क्षेत्रका सम्पूर्ण एनसीसीका अध्यक्षहरु सुपरिवेक्षकको रुपमा जिम्मेवारी दिईएको छ । उक्त जिम्मेवारी निम्न रहेको छ ।
एनआरएनए आइसीसी उपाध्यक्ष डिवी क्षेत्री,
एनआरएनए आइसीसी उपाध्यक्ष आरके शर्मा,
एनआरएनए आइसीसी उपाध्यक्ष नरेन्द्र भाट,एनआरएनए आइसीसी युवा उपाध्यक्ष राज रेग्मी,
एनआरएनए आइसीसी महिला उपाध्यक्ष यास्मिन बेगम सैयद,
एनआरएनए आइसीसी सचिव प्रविण गुरुङ्ग,
एनआरएनए आइसीसी सह कोषाध्यक्ष होमनाथ शर्मा,
एनआरएनए आइसीसी युवा संयोजक अब्दुल वासिद,
एनआरएनए मध्यपूर्व उपसंयोजक अमृत चाम्लिङ्ग (कुवेत),
एनआरएनए मध्यपूर्व उपसंयोजक लाल प्रसाद पुन (बहराईन),
एनआरएनए, मध्यपूर्व उपसंयोजक राजु के.सी. (युएई),
एनआरएनए मध्यपूर्व उपसंयोजक के.बी. हमाल (कतार),
एनआरएनए एनसीसी कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान (कतार),
एनआरएनए एनसीसी युएईका अध्यक्ष ठाकुर प्रसाद ढुंगाना (युएई),
एनआरएनए एनसीसी साउदी अरेवियाका अध्यक्ष डम्बर यादव (साउदी अरेविया),
एनआरएनए एनसीसी बहराईनका अध्यक्ष लक्ष्मी गिरी (बहराईन),
एनआरएनए एनसीसी कुवेतका अध्यक्ष रणध्वज लामा (कुवेत),
एनआरएनए एनसीसी इराकका अध्यक्ष बिनोद श्रेष्ठ (ईराक)
एनआरएनए एनसीसी ओमानका अध्यक्ष बिकल झा (ओमान) लाई सुपरिवेक्षकको रुपमा जिम्मेवारी दिईएको छ ।
सबै एनसिसिलाई स्वच्छ,निष्पक्ष र पारदर्शीरुपमा निर्वाचन सम्पन्न गराउन मध्यपूर्व संयोजकद्वय गोर्खाली र अर्यालले बिज्ञप्तीमार्फत अनुरोध गरेका छन ।