शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

एनआरएनए मलेसिया अधिबेशनमा होमियो,भोलि उम्मेदवारी दर्ता,अध्यक्षमा थापा र महतोको दावी

शुक्रबार, असार २९ २०८०

दिनेश खड्का,क्वालालम्पुर (मलेसिया) । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) मलेसियाको आगामी २०२३-२५ सम्मको कार्यकालको लागि निर्वाचनको तयारी तिव्र रुपमा चलिरहेको छ।

एनआरएनए मलेसियाको निर्वाचन यही बर्ष सन् २०२३ जुलाई २९ तारिख शनिबारको दिन र ३० तारिख आईतवारको दिन सभ्य र भब्य रुपमा अधिवेशन सम्पन्न गर्ने तयारी भैइरहेको निर्वाचन समितिका प्रमुख एबं एनआरएनए आईसिसि सचिव खगेन्द्र न्यौपानेले बताए ।  निर्वाचन समितिले  मनोनयन दर्ताको मिति, समय स्थान , शुल्क र उम्मेदवारको योग्यता लगायत खुलाइएको सूचना सार्वजनिक गरिसकेको छ।

निर्वाचन समितिले सार्वजनिक गरेको सूचना अनुसार एनआरएनए मलेसियाको कार्यसमिती २३ जनाको रहने उल्लेख गरिएको छ । जसमा अध्यक्ष १ जना , वरिष्ठ उपाध्यक्ष १ , उपाध्यक्ष २ , महिला उपाध्यक्ष १ , युवा उपाध्यक्ष १ , महासचिव १ , सचिव २ , कोषाध्यक्ष १ , सह – कोषाध्यक्ष १ , युवा संयोजक १ , महिला संयोजक १ , सदस्यहरु १० जना गरि जम्मा २३ जनाको कार्यसमिति रहने निर्वाचन समितिका संयोजक खगेन्द्र न्यौपानेले जानकारी दिए अनुसार अध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गराउने उम्मेदवारहरुले मलेसियन रिंगिट आरएम ६००० उम्मेदवारी दर्ता शुल्क रहेको छ ।

त्यस्तै वरिष्ठ उपाध्यक्ष आरएम ४ हजार ५ सय , उपाध्यक्ष आरएम ४ हजार , महिला उपाध्यक्ष ३ हजार , युवा उपाध्यक्ष ३ हजार , महासचिव ४ हजार , सचिव २ हजार ५ सय , कोषाध्यक्ष २ हजार ५ सय , सह कोषाध्यक्ष २ हजार , युवा संयोजक २ हजार , महिला संयोजक २ हजार र सदस्य पदमा उम्मेदवारी दर्ता गराउने उम्मेदवारहरुले आरएम १ हजार ५ सय रकम तिर्न उल्लेख गरिएको छ ।

उम्मेदवारी दर्ता प्रक्रियाका लागी निर्वाचन समितिको कार्यालय यहि मिति १५ जुलाइ २०२३ (शनिवार) को विहान ९.३० बजे देखि वेलुका ४०० बजे सम्म खुल्ला रहने छ । उम्मेदवारी दर्ता फारम एनआरएनए मलेसियाको आधिकारीक फेसबुक पेज वाट डाउनलोड गर्न सकिन्छ  अथवा निर्वाचन समितिको फेसबुक पेजबाट फर्म उपलब्ध गर्न सकिनेछ।

एनआरएनए मलेसियाको आगामी निर्वाचन, अधिवेसनका लागी अहिलेसम्म ४५५१ जना नेपालीले आधिकारिक रुपमा सदस्यता लिएका छन । एनआरएनए मलेसियाको इतिहासमा अहिले सम्म सर्वसम्मतिमै नयाँ नेतृत्व चुनीने प्रचलन रहेको छ । यसपटक पनि सर्वसम्मति नेतृत्वको पक्षमा यहाँका अभियन्ताहरु कृयाशिल रहेका छन ।

हालसम्म एनआरएनए मलेसियाको आगामी नेतृत्वका लागी बर्तमान कार्यसमितिका अत्यन्त सफल अध्यक्ष विनोद थापाले दोहोर्याऊने इच्छा ब्यक्त गरेका छन भने उपाध्यक्ष राकेश महतोलेपनी अध्यक्षमा आउने इच्छा ब्यक्त गरेका छन र उनले तयारी पनि गरेका छन ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार