सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

एनआरएनए कतारको युवा उपाघ्यक्ष पदका लागि डेगबहादुर भारती ‘सुमन’ को उम्मेदवारी

बुधबार, असार २७ २०८०

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए कतार) को यूवा उपाघ्यक्ष पदका लागि डेग बहादुर भारती ‘सुमन’ ले उम्मेदवारी घोषणा गरेका छन् ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको विभिन्न जिम्मेवारीमा रहि सफलतापूर्वक कार्यसम्पादन गर्दै आईरहेको सुमनले सबैको सल्लाह, सुझाव र हौसलालाई शिरोधार्य गर्दै पुनः गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आसन्न १० औं राष्ट्रिय अधिवेशन मार्फत एनसीसी कतारको २०२३–२०२५ कार्यकालका लागि यूवा उपाघ्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको जनाएका छन् ।

उम्मेदवारी घोषणा

आदरणीय गैरआवासीय नेपाली संघसंग आवद्ध अग्रज अभियान्ता ज्यूहरु, कतारका भिभिन्न संघ संस्थाका प्रमुख एवं पदाधिकारी ज्यूहर, कतारवासी नेपाली दाजुभाइ तथा दिदिबहिनी ज्यूहरू, बुद्धिजीवी वर्ग, पत्रकार, समाजिक अभियान्ता, पार्षद ज्यूहरु लगायत सम्पूर्णमा सादर नमस्कार ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको विभिन्न जिम्मेवारीमा रहि सफलता पूर्व कार्यसम्पादन गर्दै आईरहेको यहाँहरूलाई सर्व विदित्तै छ । यहाँहरूकै साथ, समर्थन र सहयोगबाट आफूलाई यस उचाईमा पाउँदा यहाँहरू सम्पूर्ण प्रती ऋणी छु ।
यहाँहरूकै सल्लाह, सुझाव र हौसलालाई शिरोधार्य गर्दै पुन: गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आसन्न १० औं राष्ट्रिय अधिवेशन मार्फत एनसीसी कतारको २०२३-२०२५ कार्यकालका लागि यूवा उपाघ्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको छु ।
थप, सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षा गर्दछु ।
धन्यवाद !
डेग बहादुर भारती ‘सुमन’
उम्मेदवार
यूवा उपाघ्यक्ष

प्रतिक्रिया
सम्बन्धित समाचार