शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

मेनपावर व्यवसायीद्धारा सेवा शुल्क वृद्धि गर्न सरकारसँग माग

मंगलबार, असार २६ २०८०

काठमार्डौं(जस)–मेनपावर व्यवसायीहरुले वैदेशिक रोजगारीमा जाँदा श्रमिकसँग लिन पाइने सेवा शुल्क वृद्धि गर्न सरकारसँग माग गरेका छन् । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विभिन्न मागहरु राखेको हो ।
श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले बढीमा १० हजार मात्रै सेवा शुल्क लिन पाइने नियम बदल्न गृहकार्य गरिरहँदा व्यवसायीहरु प्रधानमन्त्री भेट्न पुगेका हुन् । अब मेनपावरले लिन पाउने सेवा शुल्क बढाएर कम्तीमा एक महिनाको तलब बराबर सेवा शुल्क लिनसक्ने व्यवस्था गर्न श्रम मन्त्रालयले तयारी अघि बढाएको छ ।

संघका अध्यक्ष राजेन्द्र भण्डारी नेतृत्वमा प्रधानमन्त्री कार्यालय पुगेको टोलीले मेनपावर कम्पनीले वार्षिक १०० जना कामदार पठाउनु पर्ने बाध्यकारी व्यवस्था हटाउन माग गरेका छन् । वैदेशिक रोजगार ऐनअनुसार आगामी ३१ असारसम्म सरकारले बाधा अड्काउ फुकाउको निर्णय नगरेमा करिब २ सय वटा मेनपावर कम्पनी लगातार २ वर्षसम्म १०० जना पनि श्रमिक नपठाउने सूचीमा पर्नेछन् । यसलाई रोक्न माग गर्दै व्यवसायीले मन्त्रिपरिषद्बाट अघिल्लो २ वर्षमा जस्तै बाधा अड्काउ फुकाउको निर्णय गर्न माग गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार