काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व क्षेत्रीय सम्मेलनमा विश्वभरबाट गैरआवासीय नेपालीहरुको सहभागिता रह्यो । ओमानको राजधानी मस्कटमा जुन २८ देखि ३० सम्म गैरआवासीय नेपालीहरुबीच श्रमिकका सरोकारका विषयमा केन्द्रित रहेर घनिभूत छलफल चल्यो ।
सोही छलफलको आधारमा १७ बुँदे मस्कट घोषणापत्र सहित भब्यरुपमा सम्पन्न भएको अध्यक्ष कुल आचार्यले बताए।
उक्त सम्मेलनमा एनआरएनएसँग हातेमालो गर्न नेपालका ठुला राजनीतिक दलहरूले साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।
सम्मेलनमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, पूर्वउपप्रधानमन्त्री तथा प्रतिनिधि सभाका सदस्य रघुवीर महासेठ,श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारी, पूर्वअर्थमन्त्री तथा प्रतिनिधि सभाका सदस्य जनार्दन शर्मा, पूर्व श्रममन्त्री तथा प्रतिनिधि सभाका सदस्य किसान श्रेष्ठ, नेपाल सरकारका विभिन्न उच्च पदाधिकारी सहभागी थिए ।
यस्तै एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो,अध्यक्ष डा बद्री केसी,कुल आचार्य, उपाध्यक्ष डिबि क्षेत्री, उपाध्यक्षहरू आरके शर्मा, महेश श्रेष्ठ,नरेन्द्र भाट, रोविन्द श्रेष्ठ, धर्मराज अधिकारी सहभागी भए ।
यसैगरी युवा उपाध्यक्ष राज रेग्मी,रोशन थापा, महिला उपाध्यक्ष यस्मीन बेगम सैयद, महासचिव डा केशव पौडेल, उपमहासचिव गणेश केसी, रामशरण सिम्खडा, सचिव प्रविन गुरुङ, खगेन्द्र न्यौपाने,गंगाधर गौतम, महिला सचिव टिका गुरुङ,एनआरएनए आईसिसिका कोषाध्यक्ष सुनील शाह,सह कोषाध्यक्ष होमनाथ शर्मा,टंक गैरे,युवा संयोजक अब्दुल बासिद, प्रवक्ता सोम सापकोटा,एनआरएनए युरोप संयोजक सन्तोष भट्टराई (जर्मनी), एनआरएनए अभियन्ता राजु सैयद (साउदी अरव),एनआरएनए अभियन्ता शनी कुमार ओली( कतार),एनआरएनए युरोप उपसंयोजक लालित न्यौपाने (बेलायत),
सहभागी भए ।
यसैगरी एनआरएनए मध्यपूर्वका संयोजकद्वय मनोज गोर्खाली, राजेन्द्र अर्याल जोन र एनआरएनए ओमानका अध्यक्ष विकल झा, एनआरएनएका पदाधिकारी र अभियन्ताहरूको उपस्थिति थियो । कार्यक्रम भव्य र सभ्य रूपमा सफल भएको भन्दै आयोजक संयोजकहरू मनोज गोर्खाली, राजेन्द्र अर्याल, उपाध्यक्ष डिबि क्षेत्री,आरके शर्मा, युवा उपाध्यक्ष राज रेग्मी,अभियन्ता राजु सैयद,ओमानका अध्यक्ष बिकल झा र युएईका सचिव पुस्कर सापकोटा र एनसिसि ओमानका पदाधिकारीलाई एनआरएनए अभियन्ताहरुले धन्यवाद ब्यक्त गरेका छन ।
उक्त सम्मेलनमा वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहाल,वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेती, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामचन्द्र ढकाल, सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली, निर्देशक कृष्ण अधिकारी, मन्त्रालयका सल्लाहकार डा आभासकुमार लाभ, नेपाली दूतावास साउदी अरबका राजदूत नवराज सुवेदी, नेपाली दूतावास कतारका राजदूत डा नरेश विक्रम ढकाल, नेपाली दूतावास ओमानका राजदूत डोरनाथ अर्याल,नेपाली दूतावास बहराइनका राजदूत तीर्थ राज वाग्लेलगायत अन्य सरोकारवाला निकायका पदाधिकारी, गैरआवासीय नेपाली संघ एनआरएनए एनसिसि कतारका अध्यक्ष मोहम्मद मुक्तदा,युएईका अध्यक्ष ठाकुर प्रसाद ढुङ्गाना,साउदीका अध्यक्ष डम्मर यादव,कुवेतका अध्यक्ष रण लामा,बहराइनका अध्यक्ष लक्ष्मी गिरी,ईराकका अध्यक्ष बिनोद श्रेस्ठ,युएसएका अध्यक्ष बुद्धी सुवेदी,कम्बोडियाका अध्यक्ष लालसिंह खड्काको सहभागिता रहेको थियो ।
यस्तै एनआरएनए मध्यपूर्व उपसंयोजक अमृत चाम्लिङ्ग (कुवेत), एनआरएनए मध्यपूर्व उपसंयोजक राजु केसी (युएई), एनआरएनए मध्यपूर्व उपसंयोजक लाल प्रसाद पुन (बहराईन), एनआरएनए मध्यपूर्व उपसंयोजक केबी हमाल (कतार), एनआरएनए आइसीसी सदस्य हरि कुमार लवती (कुवेत), एनआरएनए आइसीसी सदस्य माधव पौडेल (कुवेत), एनआरएनए आइसीसी सदस्य नरेश श्रेष्ठ (कतार), एनआरएनए आइसीसी सदस्य कुमार खड्का (कतार), एनआरएनए एनसीसी, किर्गिस्तानका अध्यक्ष डा कृष्ण भण्डारी (किर्गिस्तान),एनआरएनए अभियन्ता कमल श्रेष्ठ, सामाजिक अभियन्ता एमएस काप्री, एनआरएनए युएईका प्रमुख संरक्षक रमेश श्रेष्ठ, एनआरएनए अभियन्ता बिमल सुवेदी , रोजिना प्रधान राई, एनआरएनए युएईका सल्लाहकारहरु एवं एनआरएनए अभियन्ता भुवानीप्रसाद तिमल्सिना,
एनआरएनए युएईका सल्लाहकारहरु एवं एनआरएनए अभियन्ता बाबुराम बिश्वकर्मा, सामाजिक अभियन्ता पदम सुन्दर गुरुङ्ग,सामाजिक अभियन्ता खेमराज बस्नेत
कलाकार आनन्द कार्की, मिलन नेवार,रा जन राज सिवाकोटी र शोभा त्रिपाठी सहभागी थिए ।
सम्मेलनमा अमेरिका,एसिया,ओसेनिया,अफ्रिका लगायतका क्षेत्रका विभिन्न मुलुकका करिब ५०० प्रतिनिधिको सहभागिता रहेको थियो ।
