बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

एनआरएनए कतारका नवनिर्वाचित अध्यक्ष भट्टद्धारा सबैमा धन्यवाद ज्ञापन, भने–श्रमिकका मुद्दा पहिलो प्राथमिकतामा हुनेछन (सन्देशसहित)

आइतबार, साउन १४ २०८०

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको अध्यक्षमा विजयी रमेश भट्टले एक सन्देश जारी गर्दै सहयोगका लागि सबैमा धन्यवाद ज्ञापन गरेका छन् । आगामी कार्यकाल ९२०२३–२०२५० का लागि भएको निर्वाचनमा भट्ट अत्याधिक मतका साथ बिजयी हुंदै नेतृत्व हासिल गर्न सफल भएका हुन् । उनले आफ्नो सन्देशमा श्रमिकका मुद्दा पहिलो प्राथमिकतामा हुने उल्लेख गरेका छन् ।

यस्तो छ सन्देश

धन्यवाद कार्यक्रम सञ्चालक एवंम एनसीसी कतारका महासचिव पदम गिरि ज्यु
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको दशौ महाधिवेशनका अध्यक्ष एवं एनसीसी कतारका अक्ष्यक्ष मोहम्द मुतmदा मुसलमान ज्यु,
कार्यक्रमका प्रमुख अतिथि गैरआवासीय नेपाली संघका उपाध्यक्ष आरके शर्मा, उपाध्यक्ष नरेन्द्र भाट, युवा उपाध्यक्ष राज रेग्मी, सचिव प्रविण गुरुङ, सह–कोषाध्यक्ष होमनाथ शर्मा, मध्यपुर्व संयोजक मनोज श्रेष्ठ गोर्खाली, सह–संयोजक केवी हमाल, आइसीसीका संस्थापक एवं पुर्व उपाध्यक्ष देवकाजी डंगोल, सागर नेपाल ज्यू, आइसीसी सदस्य ज्युहरु, आइसीसी पुर्व मानार्थ सदस्यज्युहरु लगाएत एनआरएनए अभियानता ज्युहरु, कतारमा रहेका विभिन्न वैचारीक एवंम सामाजिक संघसंस्थाका प्रमुख एवंम प्रतिनिधि ज्युहरु र उपस्थित पार्षद सदस्य ज्यूहरुमा हार्दिक नमस्कार अभिवादन ।
सर्वप्रथम आफनो अमुल्य मतदान प्रदान गरि मलाई अध्यक्षमा निर्वाचीत गराउनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । साथै निर्वाचित हुनुभएका आईसीसी सदस्य, कार्यसमिति पदाधिकारी, सदस्य एवं लेखा समिति सदस्य सबैमा हार्दिक बधाई व्यक्त गर्दछु ।
विभिन्न उतारचढावका विच शान्तिपुर्ण रुपमा निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन समिति,अनुगमन समिति एवं सम्पुर्ण अग्रज ज्युहरुमा आभार व्यक्त गर्दछु । वर्तमान कार्यसमितिका अध्यक्ष, पदाधिकारी र कार्यसमिति सदस्य ज्यूहरुले सफल कार्यकाल पुरा गरेर सहज रूपमा निर्वाचनको प्रक्रिया सम्पन्न गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । म संगै अध्यक्षको प्रतिस्पर्धामा रहनुभएका पदम गिरी ज्यु लगाएत सबै उम्मेदवार ज्युहरुलाई नेतृत्व चयनको लोकान्तात्रीक प्रक्रियामा सहभागी भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । निर्वाचनको प्रक्रियामा जो जहा भए पनी अब सबैको साझा उद्देश्य गैरआवासीय अभियानलाई अगाडि बढाउने र नेपालको विकासमा सहयोग गर्ने हुनेछ ।
गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारको अध्यक्षको लागि उम्मेदवारी दिँदै गर्दा मैले तपाईँहरू माझ मेरा प्रतिबद्धताहरू सार्वजनिक गरेको थियो । त्यो प्रतिबद्धता आजदेखि पूरा गर्न म लाग्ने छु । मैले व्यक्त गरेका प्रतिबद्धता पूरा गर्न तपाईँहरूले मलाई हरेक दिन खबरदारी गर्न अनुरोध गर्दछु । कतारमा रहेका सबै नेपालीका समस्याहरू हामी सबैका साझा हुनेछन । नेपाली राजदुतावस संग समन्वय गरेर श्रमिकको समस्या दुतावास द्रुत गतिमा समाधान गर्ने ।
नेपाल सरकारले प्रवासमा रहेका मजदुरको हितको लागि हालै सुरु गरेको श्रमिक कल्याणकारी कोषमा अधिकतम सहभागिता गराउन लागि सचेतना अभियान सञ्चालन गर्ने । श्रमिक विभागलाई थप प्रभावकारी बनाउदै कल्याणकारी कोषलाई मजबुद बनाइने छ । कतार सरकारको विभिन्न निकायहरू सँगको संस्थागत सम्बन्धलाई थप मजबुत बनाउँदै नेपाली श्रमिकहरूको लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरूलाई प्राथमिकता दिएर सञ्चालन गर्ने लगाएतका मजदुरका मुद्धा पहिलो प्राथमिकतामा रहने छन् ।
संस्थाका हरेक गतिविधि पारदर्शी हुनुपर्छ र त्यसमा सम्पुर्ण पार्षद सदस्यको पहुच हुनुपर्छ । एनसीसी कतारका हरेक गतिविधिलाई मासिक रूपमा र आर्थिक प्रतिवेदन त्रैमासिक रूपमा सार्वजनिक गर्ने । संस्थाका पदाधिकारीले आफ्नो कार्यसम्पादनको रिपोर्ट कार्यसमिति बैठकमा प्रस्तुत गरी त्यसको समीक्षा गर्ने । नेपालको पहिचान झल्कने नेपाली साहित्य, कला र संस्कृतिलाई कतारमा आयोजना हुने विभिन्न प्लाटपर्फ्महरुमा प्रस्तुत गर्ने र कतारमा रहेका स्रष्टा कलाकारलाई प्राथमिकता दिने । कतारमा रहेका नेपालीहरूबिच आपसी भाइचारा तथा एकताको भावना जगाउन निरन्तर प्रयासरत रहनेछौ । हाम्रो समृद्ध सम्पदाको प्रवर्द्धन गर्न नियमित सामुदायिक कार्यक्रम, नेपाली साहित्य, कला, सांस्कृतिक कार्यक्रम साथै नेपालमा मनाइने सबै चाडपर्वहरू सामुदायिक स्तरमा आयोजना गरी परस्पर भातृत्वको विकास गर्न ।
कतारमा रहेका नेपाली दाजुभाइ दिदिबहिनिहरुलाई हरेक सामाजिक कार्यमा सक्रिय सहभागि हुनका लागि प्रोत्साहन गर्दे सबै नेपालीजनको आवाजहरु गैर आवासीय नेपाली संघ द्वारा सुनिश्चित गर्ने ।
कतारमा रहेका नेपाली कामदारहरूका लागि श्रम अधिकार, उचित पारिश्रमिक र जीवनयापनका समस्याहरूलाई सम्बोधन गर्न रोजगारदाताहरू एवं आवस्यकता अनुसार स्थानीय अधिकारीहरू सँग समन्वय गर्ने । कतारमा रहेका नेपाली श्रमिकहरूका लागि कानुनी मामिलाहरू, रोजगारीका समस्याहरू, स्वास्थ्य सेवा र शिक्षामा सहायताका लागि एक प्रणाली स्थापना गरी निरन्तर सेवामूलक कार्यक्रम सञ्चालन गर्न । सामाजिक सुरक्षाकोष तथा आइपीओ सम्बन्धी कतारमा रहेका नेपाली बैकका प्रतिनिधीहरुसंगको समन्वयमा सचेतनामुलक कार्यक्रम गरी आम श्रमिक हरुको सहभागिता र आबद्धता सुनिश्चितता को लागि प्रयास गर्ने ।
गैरआवासीय नेपाली संघ (आइसीसी)को पछिल्लो अधिवेशन बाट संघमा केहि विभाजन भएको सबैमा अवगत नै रहेको छ । जसको असर कतारमा पनि पर्न पुग्यो । लामो प्रयास पछि केन्द्रमा लिखित सम्झौता गरेर एकता भएपनी सो भावना अनुरुप कतारमा एक हुन नसकेको सबैमा सर्वविधित नै छ । अब कतारको नेपाली समाजलाई एक बनाएर अगाडी बढाउने हाम्रो प्रमुख उदेश्य हुनुपर्दछ । हिजोका दिनमा जे जस्तो भएपनी अब नेपाली समाजलाई एकतावद्ध भएर अगी लैजान म सबै साथीहरुमा हार्दिक अपिल गर्दे आफ्नो तर्फबाट छिट्टै एकतावद्ध बनाउने प्रतिवद्धता व्यक्त गर्दछु । साथै विभाजित पक्ष सँग वार्ता गरेर आईसीसी महाधिवेशन अगाडी एक एनआरएनए बनाउने संकलप प्रस्ताव यसै महाधिवेशन बाट पास गर्न हल समक्ष अनुरोध गर्दछु ।
अन्त्यमा मलाई विश्वास गरेर अध्यक्षको जिम्मेवारी दिने सम्पुर्ण पञ्जिकृत सदस्य ज्युहरुलाई आभार व्यक्त गर्दछु । हामी बोलेर होइन काम गरेर देखाउने समय हो । एनसीसी कतारले गर्ने हरेक काममा सबैको साथ सहयोग लिएर अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्दछु ।
धन्यवाद नमस्कार ।
जय एनआरएन ए ।

रमेश भट्ट
नवनिर्वाचीत अध्यक्ष
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार

प्रतिक्रिया
सम्बन्धित समाचार