आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एनआरएनए कतारको अध्यक्षका उम्मेदवार राईद्वारा उम्मेदवारी फिर्ता,२८ र २९ जुलाईमा मतदान,अध्यक्षमा भट्टको पल्लाभारी (विज्ञप्तिसहित)

बुधबार, साउन १० २०८०

कतार,गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कतारको सन २०२३–२०२५ कार्यकालको लागि “सामाजिक सहकार्य आर्थिक पारदर्शिता मजदुरमैत्री एनआरएनए अभियान मेरो प्रतिबद्धता”भन्ने मुल नाराका साथ अध्यक्षमा उम्मेदवार दिएका जैबी राई चाम्लिङ राईले आफ्नो उम्मेदवारी घोषणा फिर्ता गरेका छन । उनले आफूले आदर र सम्मान गर्ने ब्यक्तित्व सागर नेपाल र आइसिसी उपाध्यक्ष आरके शर्माको बारम्बारको आग्रह र प्रयासलाई सम्मान गर्दै आफूले दिएको अध्यक्ष पदको उम्मेदवार फिर्ता लिएको सन्देश प्रबाह गरेको भन्दै एक बिज्ञप्ती जारी गरेका छन । राईले आफूले उम्मेदवारी फिर्ता गर्दै अध्यक्षका अर्का उम्मेदवार रमेश भट्टलाई समर्थन गर्ने बताएका छन । आगामी एनआरएनए कतारको निर्वाचनमा अध्यक्षमा ७ जनाले उम्मेदवारी दिएका थिए । जस्मा ५ जनाले उम्मेदवारी फिर्ता गरेपछी अव रमेश भट्ट र पदम गिरीमात्रै उम्मेदवार बाकी रहेका छन । कतारमा रहेका प्राय सबै संघ सँस्थाका साझा उम्मेदवार भट्टको पल्ला भारी भएपछि हाल गिरीलाई पनि उम्मेदवारी फिर्ता लिन दवाव बढेको थियो । यही २७ र २८ जुलाईमा एनआरएनए कतारको मतदान हुने निर्वाचन समितिले जनाएको छ । निर्वाचन नै हुने भएपछी भट्ट सर्वसम्मत निर्विरोध अध्यक्ष बन्न नसकेपनि निर्वाचनबाट अत्याधीक मतका साथ अध्यक्ष बन्ने निश्चीत छ । भट्टले ८०% मतका साथ चुनाव जित्ने कतारमा रहेका संघ सँस्थाले दावी गरेका छन ।

प्रेस बिज्ञप्ती
आदरणीय कतार बासी दाजुभाइ दिदिबहिनीहरु पन्जिकृत सदस्य ज्यु हरु सामाजिक अभियान्ता संघ सस्थाका प्रमुख प्रतिनिधि ज्युहरु पत्रकार मित्रहरु सम्पुर्णमा नमस्कार !
मैले आदर र सम्मान गर्ने द्वय ब्यक्तित्व आदरणीय सागर नेपाल ज्यु र आइसिसी उपाध्यक्ष आरके शर्मा ज्युको बारम्बारको आग्रह र प्रयास लाई सम्मान गर्दै मैले दिएको अध्यक्ष पदको उम्मेदवार फिर्ता लिएको सन्देश प्रबाह गरेको छु।
”सामाजिक सहकार्य आर्थिक पारदर्शिता
मजदुरमैत्री एनआरएनए अभियान मेरो प्रतिबद्धता“मुख्य स्लोगन का साथमा १० बुदे कार्ययोजना प्रस्ताव सहित गैर आबसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका लागि बर्तमान प्रथम उपाध्यक्ष म जैबी राई चाम्लिङले आगामी कार्यकाल २०२३-२५ कालागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको सर्ब-बिदैछ !
मैले स्वबिबेक रूपमा उम्मेदवारी घोषणा गरे पश्चात् कतारमा रहनु भएका श्रमिक दाजुभाइ दिदिबहिनी साथै पत्रकार मिडिया हाउसका मित्रहरुले हरुले देखाउनु भएको अघात माया साथ सहयोग र समर्थन गर्ने बचन प्रतिबद्धता प्रती हार्दिक आभार व्यक्त गर्दछु मेरो सामाजिक निष्टाको सघर्षका लागि समर्थन गर्नु हुने सम्पुर्णमा कृतज्ञता हार्दिक नमन प्रकट गर्दछु !
मेरो समुदाय मातृ सस्था किराया शाखा र मेरो प्यारो जन्मभुमि जिल्ला सस्था खोटाङ सेवा समाज कतारका तर्फबाट पाएको अथाह साथ सहयोग र समर्थनको सदैब ॠणि रहने छु साथै प्रतिबद्धता व्यक्त गर्दछु कि सिर निहुरन दिने छैन ।
नेपाल आदिवासी जनजाती महासंघ कतार र आबद्ध मातृ सस्थाहरुले देखाउनु भएको अथाह भरोसाले मलाई उर्जा हौसला प्रेरणा प्रेरित प्रदान गरि रह्यो म सदैब ॠण छु मेरो सामाजिक निष्ठाको यात्रा पुर्ण बिराम लागेको होइन तपाईं हरुको प्रेरणा र हौसला ले मलाई थप समाज लाई एकताको सन्देश दिन जिम्मेवारी थपिएको महसुस गरेर यो निर्णयमा पुग्न बाध्य बनाएको महसुस गरेको छु सोही अनुसार बुझी दिन विनम्र आग्रह गर्दछु ।
समाज रुपान्तरण हुनुपर्छ र मात्रै सभ्य समाज निर्माण हुन्छ भन्ने मान्यता बाट म पछि हटेको छैन सदैब मेरो समाजिक निष्ठा र मान्यता कायम रहि रहने छ आसन्न २०२३-२५ कार्यकालका अध्यक्ष पदका प्रत्यासी मित्रहरू पदम गीरी र रमेश भट्ट ज्यु लाई मैले जस्तै समाज लाई एकताका लागि लामबद्व गर्न एक कदम पछी हट्न त्याग गर्न अनुरोध गर्दछु !
तपाईं हरु सग मैले हार स्वीकार गर्न अध्यक्ष पदको उम्मेदवार बाट पछी हटेको होइन आजको कतारको समाजले भोगिरहेको पीडा लाई सहजीकरण गर्न अग्रज ब्याक्तित्व हरुले समाज एकता बद्व गराउन देखाउनु भएको चिन्ता र विनम्र आग्रह लाई कलि भगवानको आशीर्वाद ग्रहण गरि पारुहाङ र सुम्निमाको रक्षा कवजमा रहि म प्रकृतिक पुजक हु मैले पुज्ने पितृ जन्मदिने आमा आपाले देखाएको त्याग र समर्पणको सस्कार लाई सिरमा राखेर कसैको दबाब र प्रभावमा नभई म स्वबिवेक ढंगले समाज एकता र रुपान्तरणका लागि यो निर्णयमा पुगेको पनि यसै बिज्ञप्ती मार्फत प्रेसित गरेको छु।
साथै म अन्तमा आग्रह गर्दछु कि समाज एकताबद्व गर्न भाइचारा र समाजिक सद्भाव कायम राख्न समाजमा गुटबन्दी होइन सम्वाद गरि सहमति गरि खर्चिलो निर्वाचन लाई रोक्न समेत आग्रह गर्दछु।
धन्यवाद
जैबी राई चाम्लिङ
अध्यक्ष पदका उम्मेदवार
एनआरएनए एनसिसि कतार

प्रतिक्रिया
सम्बन्धित समाचार