शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

एमालेले संसदीय दलको बैठक आह्वान

बुधबार, साउन १० २०८०

 

काठमाडौं, १० साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक आह्वान गरेको छ ।

बुधबार प्रतिनिधिसभाको बैठक बस्ने तयारी भइरहेका बेला एमालेले मध्यान्ह १२ बजे बस्नेगरी संसदीय दलको बैठक बोलाएको हो । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दैछ ।

प्रतिनिधिसभा बैठकमा पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा छलफ गर्न दलको बैठक बोलाइएको हो । विशेषगरी १०० किलो सुन बरामदबारे पार्टीले उठाउनुपर्ने विषयका सम्बन्धमा बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार