आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एनआरएनए मलेसियामा अध्यक्ष र महासचिवबाहेक सबै निर्विरोध,निर्वाचन २९ जुलाईमा

दिनेश खड्का'खप्तडि'

सोमबार, साउन ८ २०८०

मलेसिया,गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको दुई बर्षे कार्यकालको लागि निर्वाचन हुने भएको छ । नयाँ नेतृत्वका लागि अध्यक्ष र महासचिवमा सहमति हुन नसकेपछि पहिलो पटक अनलाईन मार्फत मतदान हुने भएको हो । एनआरएनए मलेसियाको ८औं अधिवेशन यही जुलाई २९ र ३० तारिक मलेसियाको क्वालालम्पुरमा हुँदैछ भने अध्यक्ष र महासचिव चयनका लागि यहि जुलाई २९ तारिक निर्वाचन हुने निर्वाचन समितिका संयोजक एबं एनआरएनए आईसिसि सचिव खगेन्द्र न्यौपानेले बताए । यि बाहेकका सबै पदमा निर्विरोध निर्वाचित भैसकेको न्यौपानले बताए । नयाँ कार्यसमितिको निर्वाचनमा बर्तमान अध्यक्ष बिनोद थापा, उपाध्यक्ष राजेश महतो र सदस्य सन्तोष कार्कीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका थिए । खर्चिलो निर्वाचन र आम श्रमिक हरुलाई दु:ख दिने चाहाना आफ्नो नभएको र सहमति आफैबाट सुरुवात गर्नुपर्छ भन्दै अन्तिम समयमा सन्तोष कार्कीले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् भने कार्किलाई सर्वसम्मत आईसीसी सदस्यमा निर्वाचित गराईएको छ । यस्तै महासचिवको लागि बर्तमान कोषाध्यक्ष कृष्ण नेपाल, बिमल कुमार राना र टेक बहादुर अधिकारीले उम्मेदवारी दर्ता गराएका थिए भने सहमतिको लागि कृष्ण नेपालले आफ्नो उम्मेदवारी यसअघि नै फिर्ता लिसकेका थिए । अब महासचिवको लागि अधिकारी र राना बिच निर्वाचन प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन समितिले जारी गरेको सुचिअनुसार कुल ४ हजार ५ सय ५१ जना सदस्यहरुले मतदान गर्नेछन ।

प्रतिक्रिया
सम्बन्धित समाचार