बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

एनआरएनए कतारको आगामी कार्यकालका लागि चर्को प्रतिस्पर्धा, अध्यक्षमा मात्रै ७ जना उम्मेदवार (नामावलीसहित)

सोमबार, साउन ८ २०८०

काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कतारको सन २०२३–२०२५ कार्यकालको लागि कडा प्रतिस्पर्धा हुने भएको छ । दशौ राष्ट्रिय महाधिवेशन कार्यसमिति चयन समिति २०२३ ले आगामी कार्यकालका लागि उम्मेदवारी दर्ताको विवरण प्रकाशन गरेको छ । प्रकाशित प्रारम्भिक नामावली हेर्दा एनआरएनए कतारमा कडा प्रतिस्पर्धा हुने देखिएको हो ।
विवरणअनुसार एनआरएनए कतारको अध्यक्ष बन्नमात्र ७ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । राष्ट्रिय समन्वय परिषद कतारको दशौ राष्ट्रिय महाधिवेशनबाट चयन हुने राष्ट्रिय समन्वय परिषद् २०२३–२५ कार्यकालका लागि ९१ जना पंजिकृत सदस्यहरुले विधानत विभिन्न पदहरुमा मनोनयन दर्ता गरेको कार्यसमिति चयन समितिले सूचना प्रकाशन गरेर जानकारी दिएको छ ।

यस्तो छ उम्मेदवारहरुको नामावली

https://nrnaqatar.org/wp-content/uploads/2023/07/01_NRNA-Election-Committee_Initial-Candidates-_Notice2023-2025.pdf?fbclid=IwAR2QUV4vRRXGFgria-Kus0vMHaNBvwmnVThxShOrZXksE7234-oa3bVqfks

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार