सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सुन तस्करी प्रकरण : त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित थप ६ जना पक्राउ

आइतबार, साउन ७ २०८०

काठमाडौँ । केही दिनअघि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट ठूलो परिमाणको सुन बरामद भएको प्रकरणमा थप ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विमानस्थलका भन्सार अधिकृतसहित रहेका छन् । पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ रहेका छन् ।

यस्तै भन्सार एजेन्टहरू यादवशंकर पराजुली, सुदर्शन गौतम र रूकमिना सुब्बालाई पनि विभागले आइतबार राजस्व अनुसन्धान विभागले पक्राउ गरेको छ । सुन भन्सार चेक जाँचबाट बाहिरिँदा उनीहरू ड्युटीमा थिए । विभागले यसअघि नै सुन तस्करीमा संलग्न १० जनालाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार