बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

एनआरएनए कतारको सदस्यमा रमेश केसीको उम्मेदवारी (अपिलसहित)

आइतबार, साउन ७ २०८०

काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कतारको सन २०२३–२०२५ कार्यकालको लागि सदस्यमा रमेश केसीले उम्मेदवारी घोषणा गरेका छन ।

🙏🙏हार्दिक अपिल🙏🙏
आदरणीय कतारवासी नेपाली बुबाआमा, दाजुभाई तथा दिदिबहिनीहरु, कतारमा स्थापीत संघ-संस्थाका प्रमुख तथा प्रतिनिधि ज्यूहरू, गैरआवासिय नेपाली संघ तथा सामाजिक अभियन्ता ज्यूहरू, बुद्धिजीवी तथा व्यवसायी ज्यूहरु, परिषद सदस्य ज्यूहरू एवं पत्रकार मित्रहरुमा हार्दिक नमस्कार ।
“गतिशिल, सशक्त, संस्थागत र समावेशीता, मजदुर मैत्री र भ्रष्टाचार मुक्त एनआरएनए हाम्रो प्रतिवद्धता” भन्ने मुख्य नाराका साथ गैरआवासी नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको १० औं राष्ट्रिय महाधिवेशन मार्फत एनसीसी कतारको २०२३-२०२५ कार्यकालका लागि सदस्य पदमा उम्मेद्धारी दिएको यहाँहरुलाई अवगत गराउँदछु ।
एक सामान्य मजदुरका रुपमा सन् २०१३ मा कतार प्रवेश गरी सन् २०१९ देखि ज्वेलरी, रेष्टुरेण्ट एण्ड क्लब, निर्माण तथा टे्रडिङ्ग आदी व्यवसायहरु सञ्चालनका अलवा कतार प्रवेश संगै विभिन्न संघसंस्थामा आबद्ध रहि व्यवसायबाट प्राप्त मुनाफाको केहि अंशलाई मानविय कार्यमा समर्पन गर्नुपर्दछ भन्ने अभिप्रायका साथ सामाजिक अभियानमा लागेको कुरा यहाँहरुलाई अवगत गराउँदछु ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको सन् २०१९ देखि पन्जिकृत सदस्य हुँदै संघको सामाजिक अभियानमा आर्थिक, भौतिक तथा नैतिकरुपमा प्रत्यक्ष-अप्रत्यक्ष सहभागि भई सामाजिक अभियानमा हातेमालो गरिरहेको यहाँहरुलाई सर्व वितितै छ ।
सामाजिक कार्य प्रति उत्प्रेरित भई समाज प्रतिको मेरो उत्साह, लगनशिलता एवं क्रियाशिलतालाई यहाँहरुले दिनुभएको साथ, समर्थन र मायालाई अंगिकार गर्दै आफ्नो अनुभव र सिकाईलाई संस्थाको कार्यकारी भुमिकामा रहेर अझै सिक्ने र थप शसक्त रुपमा सामाजिक रुपान्तरण गर्दै संघलाई कतार मात्र नभई सिंगो मध्यपूर्वलाई श्रमिकमैत्री र भ्रष्टाचार मुक्त एनआरएनए बनाउनका लागि मैले २०२३-२०२५ कार्यकालको लागि एनसीसी कतारको सदस्य पदमा उम्मेद्धारी दर्ता गराएको छु । आसन्न निर्वाचनमा मलाई विजयी गराईदिनुहुन सम्पूर्ण पञ्जिकृत सदस्यहरु ज्यूहरुलाई हार्दिक अनुरोध गर्दछु ।
रमेश के.सी
उम्मेद्धार : कार्यसमिति सदस्य
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतार

प्रतिक्रिया
सम्बन्धित समाचार