शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

कर्णाली प्रदेशसभा बैठक आइतबारसम्मका लागि स्थगित

बिहिबार, असार १४ २०८०

सुर्खेत, १४ असार ।  कर्णाली प्रदेशसभाको बिहीबार बस्ने भनिएको बैठक स्थगित भएको छ । प्रदेशसभा सचिव जीवराम बुढाथोकीले एक सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगित गरिएको जानकारी दिएका हुन् ।  

 

प्रदेशसभाको अर्को बैठक आगामी असार १७ गते आइतबार बस्ने सचिव बुढाथोकीले जानकारी दिएका छन् । 

 

यसअघि बुधबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कर्णालीको संसद् अवरुद्ध गरेको थियो ।  बजेट पैतृक सम्पत्ति जसरी बाँडेको भन्दै एमालेले संसद्मा अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार