काठमाडौं । डिलु पराजुलीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको २०२३–२५ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । संस्थामा नयाँ नेतृत्व चयनका लागि हरेक दुई वर्षमा हुने नियमित प्रक्रियामा सहभागी भएको जनाउादै पराजुलीले पदीय जिम्मेवारीमा पुर्याउने अभिभारा अब मतदाताहरुको रहेको बताएका छन् ।
अध्यक्षमा मेरो उम्मेदवारी
गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको २०२३–२५ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेको छु । संस्थामा नयाँ नेतृत्व चयनका लागि हरेक दुई वर्षमा हुने यो नियमित प्रक्रियामा म सहभागी भएको छु । मलाई पदीय जिम्मेवारी पु¥याउने अभिभारा अब तपाइहरूको हातमा छ । अमेरिकामा रहनु भएका तपाइहरूको आम चासो र सरोकारलाई सम्बोधन गर्न–गराउन साथै संस्थालाई अझ व्यवस्थित गर्दै पञ्जीकृत सदस्यहरूको चाहाना अनुरूप अगाडि बढाउन मैले उम्मेदवारी दिएको छु । जन्म भूमि नेपालबाट कर्म भूमि अमेरिकामा आएका हामी पहिलो पुस्ता र यही हुर्कँदै गरेको दोस्रो पुस्ता बिच हाम्रो भाषा, संस्कार संस्कृतिलाई अनुसरण गर्ने र बुझ्ने पक्षमा समस्या छ । विदेशमा आफूलाई विभिन्न विधामा स्थापित गर्दै पहिचान बनाउने र नेपालको हितमा काम गर्ने परिवेश निर्माणका लागि परिपक्व जग तयार गर्नु छ । यसका लागि अमेरिकामा रहेका नेपालीहरूको विवरण सङ्कलन गरी एकीकृत डिजिटल सिस्टममा ल्याउनु आवश्यक छ । दाहोरो नागरिकताको निरन्तरताका लागि अझ सङ्गठित र सशक्त भएर काम गर्नु छ । तत्कालका लागि गैर आवासीय नेपाली नागरिकताको नियमावली बन्दै गर्दा अधिकतम अधिकार र सहज प्राप्तिका लागि पहल गर्नु छ । यी र यस्ता धेरै पक्षमा गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकालाई अगाडि बढाउन मैले अध्यक्ष पदमा उम्मेदवारी दिएको छु । यहाँहरूको विश्वास, साथ, सहयोग र मतको अपेक्षा गर्दछु ।
धन्यवाद |
डिलु पराजुली
अध्यक्ष पदका उम्मेदवार
गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिका
मिति: ०६–२८–२०२३