शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

ललितपुर महानगरको बजेट ६ अर्ब ५० करोडको बजेट प्रस्तुत

आइतबार, असार १० २०८०

काठमाडौं, १० असार । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट प्रस्तुत गरेको छ ।

 

 आइतबार बसेको नगरसभा बैठकमा महागरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले आर्थिक वर्ष २०८०/८१ को ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट पेस गरेकी हुन् । 

उनका अनुसार पूँजीगत तर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालु तर्फ २ अर्ब ४९ करोड ८४ लाख रुपैयाँ विनियोजन गरिएको छ । 

ललितपुर महानगरले सडक पूर्वाधार, सम्पदा संरक्षणलगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । 
 

प्रतिक्रिया
सम्बन्धित समाचार