काठमाडौँ,बागलुङको ढोरपाटन नगरपालिकामा रहेको इमेज सहकारीको अरबौ रुपैयाँ ठगी गरेर फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर तथा एमालेका नेता देवकुमार नेपालीसहित सहकारीका सात जना विदेश भाग्न सक्ने भन्दै गृहमन्त्रालयले पत्राचार गरि यात्रा अनुमति रद्द गरेको थियो । उक्त अनुमती रद्द गरे पनि नेपालीलाई राजनितीक शक्तीको संरक्षणमा अझै प्रहरीले पक्राऊ गर्न सकेको छैन ।
बचतकर्ताको अरबौ ठगी गरेको इमेज सहकारीका अध्यक्ष नेपाली पक्राऊ नगरे पनि सञ्चालक र कर्मचारी भने बुर्तिबाङबाट पक्राउ परेका छन । इमेज बचत तथा ऋण सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी र कर्मचारी लालमति रोकालार्ई प्रहरीले अनुसन्धानका लागि बिहिवार नियन्त्रणमा लिएको छ ।
बचतकर्ताहरुको रकम हिनामिना गरी संस्थापक अध्यक्ष देवकुमार नेपाली फरार भएपछि सञ्चालक भण्डारी र रोकालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए ।
भण्डारीलाई प्रहरीले बुर्तिवाङ बजारबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बागलुङमा पठाएको छ । उक्त सहकारीको कर्मचारी लालमति रोकालाई प्रहरीले तारा खोलाबाट पक्राउ गरेको हो । कर्मचारी रोकालाई पनि जिल्ला प्रहरी कार्यालय बागलुङमा पठाइएको छ । अन्य सञ्चालक र अध्यक्ष नेपालीको खोजी भइरहेको प्रहरीले जनाएको छ । इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीले बचतकर्ताको रकम हिनामिना गरी परिवारसहित जेठ ५ गते बुर्तिबाङ बजारबाट फरार भएका छन । उनलाई पक्राऊ गर्न प्रहरीमा दवाव सिर्जना भएको छ । पिडितहरूले केही समय पहिला गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटी सहकारीका अध्यक्ष नेपालीलाई पक्राऊ गरि आफुहरुको लगानीको सुरक्षा गर्न आग्रह गरेका थिए ।
केही दिनपहिले जिल्ला प्रशासन कार्यालय बागलुङको पत्रअनुसार अध्यागमन विभाग, कालिकास्थान, काठमाडौंले नेपालीसहितका सात जना विदेश भ्रमण गर्न नपाउने भन्दै परिपत्र समेत जारी गरेको छ ।
इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष,नेकपा एमालेका नेतासमेत रहेका मेयर नेपाली अहिले सम्पर्कविहीन भएका छन । अध्यक्ष नेपालीले सहकारी संस्थाको अरबौ रकम हिनामिना गरि फरार भएका हुन ।
सहकारीका अध्यक्ष नेपालीले सहकारीको नियमलाई खिल्ली उडाउदै आफ्नै नातेदार र कर्मचारीलाई केही तलव दिएर सहकारीको संचालक राख्दै आएका थिए । केही पहिला सहकारीमा समस्या देखीएपछी नेपालीले आफ्नै नातेदार डोरबहादुर परियारलाई कार्यबाहक अध्यक्ष देखाएर आफू कारवाहीबाट बच्ने प्रयास गरेका थिए । नेपालीले सहकारीको नियमलाई धोती लगाएर सहकारी विभागका केही हाकिमलाई प्रयोग गरेर बर्षौ देखी मनोमानी रुपमा सहकारी संचालन गर्दै आएका थिए । नेपालीको मनोमानीलाई सहकारी विभागले नदेखेको जस्तो गरेर उनलाई ठगीमा सहयोग गर्दै आएको सेयर सदस्यहरु नै बताउछन । मेयर नेपालीले धेरै पहिले देखी नै योजनाबद्द ढंगले सहकारी ठग्ने योजना बनाएको प्रस्ट देखिन्छ । उनले गण्डकी प्रदेशका अन्य सहकारीभन्दा ५/७ प्रतिशत बढी ब्याज दिएर फिक्स डिपोजिट उठाउने गरेका थिए । नेपालीले आफ्नो ४ शाखाबाट दैनिक पैसा संकलन गर्ने तर सदस्यलाई ऋण लगानी नागर्ने गरेका थिए ।
मेयर नेपालीका ढोरपाटनमा धेरै काण्डै काण्डहरू रहेका छन । आफ्नो जेठी श्रीमतीलाई छाडेर कान्छी श्रीमती तिब्बतीयन शरणार्थीलाई विवाह गरेका एमालेका नेता समेत रहेका मेयर नेपाली २०५७ सालमै गाऊमा बस्न नसक्ने भएपछि भागेर कान्छी श्रीमतीसङ्गै पोखरा पुगेर साइकल मर्मत गर्ने पसल संचालन गरेका थिए । तेती बेला उनले नेपाल बैंक लि बुर्तीबाङबाट लिएको ८ लाख ऋण नतिरेपछि सम्पुर्ण सम्पत्ती लिलाम गरिएको थियो । तेतीमात्रै होइन नेपालीले नेपाल बैंक लि बुर्तीबाङ शाखाका खन्जाजी सुर्य बरालसँग मित लगाएर आफ्नै काका प्रेम बहादुर दर्जी लगाएत १५० भन्दा बढी स्थानीयको जग्गा धितो राखेर प्रति ब्यक्ती २० देखी ३० हजार ऋण लिई उक्त रकम हात पार्न सफल भए । पछि नेपालीले उक्त ऋण तिरेनन र कान्छी श्रीमती छेलासङ्गै पोखरा भागे । नेपाल सरकारले किसानहरुको ३० हजारभन्दा कमिको ऋण मिनाहा गर्दा ती गाउलेको जग्गा फुकुवा भएर राहत पाए भने नेपालीलाई लाखौ चिठ्ठा पर्यो । पोखरा गएर साइकल मर्मत गर्ने पसल खोलेका नेपालीले पोखरास्थित सुर्यदर्शन सहकारीका मेनेजर दिपक पौडेलसहितको कर्मचारीलाई ल्याएर पौडेललाई नै मेनेजर बनाएर ठगीको योजनासहित सहकारी संचालन गरेका थिए । यो सहकारी नभई नेपालीको सिंगल कम्पनी रहेको यस्का अन्य संचालकहरुले नै बताउछन । उनिहरुले आफुहरु तलब खाएर काम गर्ने कर्मचारी भएको समेत दावी गरे । हुन त अध्यक्ष नेपालीले सहकारी विभागको मिलेमतोमा कहिलै साधारण सभा नगरी आफ्नो मनोमानीले २० वर्ष सहकारी चलाएर ७ अर्वभन्दा बढी ठगी गरे । उनले दर्ता नै नगरी बिभिन्न ठाउमा शाखा खोलेर खुलेआम ठगी गरे ।
नेपालीको काठमाडौंको सुकेधाराको चोकमा करीव पाँच रोपनी जग्गामा बनेको घर छ । नेपालीले आफ्नो नाममा भन्दा पनि श्रीमती छला र अन्य नातेदारको नाममा सम्पत्ती राख्ने गरेका छन । उनको बाग्लुङको बुर्तीवाङमा दरवार होटलसहित आफू बस्ने घर सहित ९ रोपनी जग्गा,बागलुङ बजारमा ईमेज कम्प्लेक्स,बागलुङको हलनचोकमा कर्मा कम्प्लेक्स,बागलुङको कालीगण्डकी फिल्म हल २ रोपनी जग्गासहित, ईमेज कम्प्लेक्स,पोखरामा कर्मा कम्प्लेक्स, गोंगबुमा घर र जग्गा,पोखरामा ५ वटा घर रहेको छ । मेयर नेपालीले आफ्नो श्रीमती छेलामार्फत तिब्बती शरणार्थीहरूलाई नेपाली नागरिकता बनाएर अमेरिका पठाउने धन्दा पनि चलाउने गरेका थिए । तेती मात्रै होईन नेपालीले आफ्नो श्रीमती छेलामार्फत तिब्बती शरणार्थीहरूलाई इमेज सहकारीमा बिना नागरिकता, कागजपत्र खाता खुलाउने र तिब्बती शरणार्थीहरूले २ नम्बरी धन्दा गरेको पैसा फिक्स डिपोजिटमा राख्ने गरेका थिए । अहिले पनि उनिहरुको करोडौ रकम अबैधानीक रुपमा सहकारीमा रहेको गत महिना जनसवालसँगको टेलिफोनमा नेपालीले बताए । नेपालीले खुलेआम उनिहरुको डिपोजिट राखेको स्विकारेका छन । मेयर नेपालीले संभव हुदासम्म आफ्नो सम्पती बेचेर ऋण तिर्ने दावी गरेपनि उनले भनेको जग्गा र सम्पत्तीहरु प्राय सबै बिभिन्न बैंकमा धरौटीमा राखिएको भेटिएको छ ।
नेपालीले योजनाबद्द ढङ्गबाट सहकारीमार्फत ठगी गरेका हुन ।