शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

आउने दिनमा नेपालको उर्जा क्षेत्र फष्टाउँछ : ढकाल

बिहिबार, जेष्ठ ३२ २०८०

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको बिजुली बेच्न प्रक्रियामा ब्रेकथ्रू भएको बताएका छन् । आज आयोजित इप्पानको २१ औँ वार्षिक साधारण सभामा सम्बोधन गर्दै उनले आउने दिनमा ऊर्जा क्षेत्रमा लगानी गर्न र विदेशी लगानी ल्याउने समेत वातावरण बनेको बताए ।

अध्यक्ष ढकालले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको सम्झौताले नेपालको ऊर्जा क्षेत्रमा ब्रेकथ्रू भएको बताएका हुन् ।

यस्तै भारत भ्रमणका क्रममा बङ्गलादेश बिजुली बेच्न भारतले दिएको सहमति समेत उत्साहजनक रहेको ढकालले बताए ।बिजुली खरिद सम्झौता रोकिरहेकोले यसलाई छिट्टै सम्बोधन गर्नु पर्ने र नयाँ आयोजना विकासको ढोका खोल्नुपर्ने समेत उनको भनाई छ । अन्यथा आगामी दिनमा ऊर्जा क्षेत्रमा नेपाल पछाडि पर्ने समेत ढकालले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार