शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

क्यानडाको ग्लोबल टी-२० लिगमा सन्दीप र दिपेन्द्र छनौट

बुधबार, जेष्ठ ३१ २०८०

काठमाडौँ । क्यानडामा हुने ग्लोबल टी-२० प्रतियोगिताका लागि सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरी छनौट भएका छन् ।

ग्लोबल टी-२० को ड्राफ्टमा सन्दीपलाई सर्रे जगुअर्स र दिपेन्द्रलाई मोन्टरियल टाइगर्सले छनौट भएका हुन् ।

सन्दीप यसअघि पनि ग्लोबल टी-२० खेलिसकेका छन् भने दिपेन्द्र भने पहिलो पटक कुनै पनि विदेशी लिगमा छनौट भएका छन् ।

जुलाई २० देखि अगस्त ६ सम्म हुने यो प्रतियोगिता क्यनाड़काको ब्रम्पटन स्पोर्ट्स पार्कमा हुने भएको छ । यस प्रतियोगितामा सर्रे जागुअर्स, मिस्सीसाउगा पान्थर, ब्राम्पटन वोल्भ्स, भन्कोभर नाइटस, मोन्टरियल टाइगर्स र टोरोन्टो नेशनल गरि ६ टिमले भाग लिदै छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार