सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

भ्यान खाल्डोमा खस्दा अफगानिस्तानमा २४ को मृत्यु

बिहिबार, जेष्ठ २५ २०८०

काबुल । अफगानिस्तानमा भ्यान दुर्घटनामा पर्दा २४ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परेर ८ बालबालिका र १२ महिलासहित २४ जनाको मृत्यु भएको हो ।

सार ए पोल प्रान्तीय प्रहरी प्रवक्ता दीन मोहम्मद नाजारीले चालकको लापरवाहीका कारण भ्यान सडकबाट खसेको बताए।

‘चालकको लापरवाहीका कारण गाडी सडकबाट हटेर खाल्डोमा खसेको छ,चौबीस जनाको मृत्यु भएको छ,’ उनले भने ।

दुर्घटनाको कारणबारे थप विवरण आउन सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार