शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

भ्याट लगाउने विषयमा निकै सोच विचार गरेका छौं, बजेट बनाउँदा कोही छिरेको छैनः अर्थमन्त्री डा. महत

सोमबार, जेष्ठ २२ २०८०

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमार्फत भ्याट लगाउने विषयमा निकै सोचविचार गरिएको बताएका छन् ।
इकोनोमि मिडियो सोसाइटी (इम्सन) ले राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले बजेट निर्माणका क्रममा कोही छिर्‍यो कि भनेर आशंका नलिन सबैलाई आग्रह गरे । फाइदा उठाउन नपाएर कोही रिसाएको भए पनि आफ्नो कार्यकालमा कसैलाई फाइदा हुने र कसैलाई नहुने काम नगरेको उनले बताए ।

मैले इमानदारीका साथ काम गरेको छु,’ उनले भने, ‘यति इमानदार भएर कम गर्दा पनि हिलो छ्याप्ने काम भयो भने ‘यो देशमा इमानदारको काम छैन’ भनेर घोषणा गरे हुनेछ ।’

बजेट निर्माणमा दुई सचिव, भन्सार तथा राजस्व विभाग प्रमुख र अन्य दुई उपसचिवमा संलग्न रहेको उनको प्रस्टोक्ति छ । बजेटपछि ईभी(ईभी भनेर चर्चा चलेको उनले बताए । इन्धनवाला गाडीमा ३ सय प्रतिशतसम्म कर रहेको उनले स्मरण गराए ।

ईभीको अहिलेको करको दर हेरेर ईभी छोडेर अन्यमा कोही पनि नजाने उनको तर्क छ । ‘ईभीमा बढाएको कर तर्कसंगत छ, बजेटले ईभीलाई डिस्करेज गरेको छैन,’ अर्थमन्त्री महतले भने ।

संसदीय क्षेत्र विकास पूर्वाधार विकास कार्यक्रमका विषयमा पनि आवश्यकताभन्दा बढी हल्ला गरिएको भन्दै उनले असन्तुष्टि जनाए । ‘त्यो सांसद विकास कोष होइन, संसदीय क्षेत्र विकास पूर्वाधार विकास कार्यक्रम हो, कोष कोष भनेर बजेटमा भएको राम्रो कुरा छायाँमा पार्नु भएन,’ उनले भने, ‘यो एक करोडभन्दा बढीको हुन्छ र सम्बन्धित मन्त्रालयले ठेक्का लगाउँछ, यो पुँजीगत खर्च हो, सांसदले सिफारिस गर्ने हो, आफूखुसी गर्ने होइन । सांसदले आयोजना सिफारिस गर्नु पनि गलत हो भने लोकतन्त्र नै विसर्जन गरौँ न । कसैले यसलाई वडाध्यक्षसँग पनि तुलना गरेका छन् । नबुझ्नेलाई औषधि छैन ।’

प्रतिक्रिया
सम्बन्धित समाचार