शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

नक्कली भूटानी शरणार्थी प्रकरणमा : थुनछेक बहस सुरु

आइतबार, जेष्ठ २१ २०८०

काठमाडौं । जिल्ला अदालत काठमाडौँमा नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तको थुनछेक बहस सुरु भएको छ ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको बसहमा आज जिल्ला सरकारी वकिल कार्यालयका तर्फबाट बहस भएको छ । सरकारी वकिलका तर्फबाट काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले नेतृत्व गर्नुभएको छ ।

उक्त प्रकरणमा पक्राउ परेका १८ अभियुक्तकै थुनछेक बहस हुनेछ । काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले विभिन्न पाँच वटा कसुरमा ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । उक्त प्रकरणका १२ जना अझै फरार अवस्थामा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार