स्पेन – स्पेनका लागि नेपालको आवासीय राजदूत महामहिम डा. शर्मिला पराजुली र नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले भेटवार्ता गर्नुभएको छ ।
स्पेन रहेको दुतावासमा आज भएको भेटमा पाण्डेले रोजगारीका क्रममा स्पेन रहनुभएको प्रवासी नेपालीले भोग्नुपरेका समस्या समाधानका लागि लाई आग्रह गर्नु भएको छ।
भेटको क्रममा राजदूत पराजुलीले प्रर्चुगल र मल्टामा समेत रहेका नेपालीहरुको लागि सहजीकरण गरिरहेको र नेपालमा उर्जा उत्पादनको लागि युरोपेली युनियनमा लबिङ गरिरहेको र नेपाललाई युरोपेली युनियनमा जनस्तरमै समन्ध सुधार्ने कार्यमा आफुलागेको जानकारी दिनुभयो।साथै पाण्डेले बर्सिलोनामा एनआरएनए युरोपका संयोजक चितामनी सापकोटा जनसम्पर्क समिती स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठ ,पुर्ब अध्यक्ष इन्द्र अधिकारी ,पुस्प राज भन्डारी , नेता बिष्णु आचार्य ,उपाध्यक्ष सिभ उपाध्य, कोषाध्यक्ष लिल रोकाय एनआरएनए केन्द्रिय सदस्य चेत प्रकाश तिमिल्सिना ,दिनेश गिरी,अध्यक्ष सलिक राम डुम्रे लगाएतका उपस्तिथिमा बार्सिलोमामा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ।
