काठमाडौँ(जस)–वैदेशिक रोजगार बिभागको बुद्धनगर स्थित कार्यालय आईतबारदेखि आंशिक रुपमा र असार १ देखि पूर्ण रुपमा ताहाचलमा सर्ने भएको छ । अहिले बसिरहेको ठाउँ सानो भएकाले विभाग सर्न लागेको बिभागले सूचना जारी गर्दै जानकारी दिएको छ । बिभाग अब ताहाचल स्थित वैदेशिक रोजगारको कार्यालयमा सर्ने भएको हो ।
विभागमा दैनिक सयौको संख्यामा सेवाग्राही आउने हुँदा हाल कार्यालय रहेको स्थानबाट सेवा दिन असहज भएको बिभागले बताउँदै आएको थियो । हाल बिभाग रहेको ठाउँमा पार्कीङको समेत समस्या रहेको थियो ।
वैदेशिक रोजगार सम्बद्ध निकायहरु तथा सेवाग्राहीहरुको समेत बाक्लो उपस्थिति रहने यस कार्यालयमा पछिल्लो समय ट्राफिक व्यवस्थापन समेत एकतर्फी भएपछि स्थानीयहरुमा समस्या सिर्जना भएको थियो । सेवाग्राही बस्ने ठाउँदेखि सेवा दिने कर्मचारी बस्ने ठाउँको समेत अभाव बिभागमा रहँदै आएको थियो ।