zestkhabar

सोमबार, जेष्ठ २२ २०८०

  • सोमबार, जेष्ठ २२ २०८०
Janasawal - दुबई पठाइदिइने प्रलोभनमा पारी ठगी गर्ने एक जना पक्राउ

दुबई पठाइदिइने प्रलोभनमा पारी ठगी गर्ने एक जना पक्राउ

दुबई पठाइदिइने प्रलोभनमा पारी ठगी गर्ने एक जना पक्राउ


  • जनसवाल
  • सोमबार, जेष्ठ ८ २०८०
684
SHARES

काठमाडौं । वैदेशिक रोजगारीको लागि दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक चौँरीदेउराली-६ कात्तिके देउराली स्थाई घर भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१० कपन आकाशेधारा बस्ने वर्ष २९ को उमेश रिमाल रहेका छन् ।

रिमालले १७ जनालाई वैदेशिक रोजगारीको लागि दुबई पठाइदिन्छु भन्दै प्रलोभनमा पारी निज पीडितहरूबाट पटक-पटक गरी जम्मा ९,५०,००० रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।

प्रहरीले रिमाललाई आज कामपा वडा नं. ३१ नयाँबानेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट